गभर्नरलाई अर्थतन्त्रभन्दा सुन्दरीको चिन्ता


९ फाल्गुन २०७४, बुधबार
chiranjivee Nepal गभर्नर चिरञ्जीवी नेपाल

काठमाडौं ९ फागनु बैंक तथा वित्तीय संस्थाहरूसँग अप्रत्यक्ष रूपमा घाँटी जोड्दै केन्द्रीय बैंकले विभिन्न निर्णय गरेको छ । नियमनकारी निकायले समस्याको यथार्थ पहिल्याएर उचित समाधान निकाल्नुपर्नेमा त्यसो पनि गरेको देखिएन ।

हालै गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले बैंकहरूको निक्षेप र कर्जाको अनुपात (सिसिडी रेसियो) मा देखिएको समस्या समाधान गर्ने नाममा उनीहरूअनुकूल बनाइदिनुले उक्त आशंकालाई बल मिलेको हो । यसअघि प्रत्येक दिनको आधारमा गणना हुँदै आएको बैंकहरूको सिसिडी अनुपातलाई प्रत्येक दिनमा कायम राखे पनि कारबाहीको निम्ति महिनाको अन्तिम एक दिनको मात्र गणना हुनेगरी तोकिएको छ ।

chiranjivee Nepal गभर्नर चिरञ्जीवी नेपाल

यसले बैंकहरूलाई थप कर्जा प्रवाहका लागि सहजता प्रदान गरेको छ । जबकि अहिले बैंकमा देखिएको समस्या भनेकै कर्जाको तुलनामा निक्षेप संकलनमा आएको उल्लेख्य ह्रास हो । कर्जा प्रवाहमा भन्दा पनि निक्षेप संकलनमा नियमनकारी निकायले विशेष निर्देशन दिनुपर्नेमा उल्टो भएकाले बैंकहरूले केन्द्रीय बैंकलाई ‘टाउको दुखेको औषधि नाइटो’ मा लगाएको भन्दै खिसिटिउरी गरेका छन् ।

विगतमा लाखौं खर्चेर तारे होटलबाट तामझामसाथ सार्वजनिक गर्ने गरिएको मौद्रिक नीतिको समीक्षा यसपटक खुसुक्क बैंकको वेबसाइटमा हाल्नुले पनि ‘दालमा केही कालो’ को संकेत गरिएको हो ।

हन्टर गभर्नर
फुर्सदमा मुलुकको वित्तीय र आर्थिक अवस्थाबारे अध्ययन गर्नुपर्ने बैंकका गभर्नर नै फागुन पहिलो सातादेखि बिन्दास शैलीमा हराएका छन् । कार्यालयको औपचारिक सम्पर्कमा समेत नरहेका गभर्नर चिरञ्जीवी नेपाल सिकार खेल्न पश्चिम नेपाल गएको स्रोतले पुष्टि गरेको छ । सात दिनको स्ट्रेस बिदा मनाउने नाममा उनी माघ मसान्तको दिन काठमाडौंबाट भैरहवा हानिएका थिए ।

स्तरीय खानपान, महँगा पहिरन र एकान्त ठाउँको उठबसमा सोखिन र नेपालको हालै थप भएको सिकारप्रतिको मोहका कारण अहिले उनी बैंकिङ क्षेत्रमा ‘हन्टर गभर्नर’ को उपमाले चिनिन थालेका छन् । यसअघि उनी नेपाल सुन्दरीको छनोट कार्यक्रममा समेत निर्णायक थिए ।

-जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७