जुडोको आईओसी सोलिडारिटी कोर्स सुरु


९ फाल्गुन २०७४, बुधबार
judo

काठमाडौं: नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल जुडो संघको आयोजनामा जुडोको आईओसी सोलिडारिटी कोर्स बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।judo

कोर्समा विभिन्न जिल्लाका ६० प्रशिक्षक सहभागी छन् । सहभागीलाई नयाँ र सिनियर खेलाडीलाई कसरी प्रशिक्षण दिने लगायतका विषयमा जानकारी दिइने छ ।
अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) का टेक्निकल एक्सपर्ट अमर मेरिग्जाले पाँच दिनसम्म प्रशिक्षण दिने छन् ।
कोर्सको सांसद् एवं एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । उनले विगत लामो समयदेखि विभिन्न खेलका सोलिडारिटी कोर्स सञ्चालन गर्न एनओसीले सहयोग गर्दै आइरहेको बताउदै टोकियो ओलम्पिकलाई मध्यनजर गरी खेलाडी वैदेशिक प्रशिक्षणमा पठाउन एनओसीले तयारी गरिहेको जानकारी गराए ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले सोलिडारिटी कोर्स सञ्चालन गर्न सहयोग गरेकोमा एनओसीलाई धन्यवाद दिदै सहभागीले कोर्सबाट सक्दो लाभ लिनु पर्नेमा जोड दिए ।2
यसैबीच दुईदिने रेफ्री सेमिनार कोर्स पनि बुधबारैदेखि सुरु भएको छ । सेमिनारमा जुडोमा परिवर्तित नयाँ नियमका बारेमा जुडो संघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक धर्मकुमार श्रेष्ठले सहभागीलाई अवगत गराउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७