कहिं नभएको प्रेम प्रियंका–आयुष्मानको !


११ फाल्गुन २०७४, शुक्रबार
priyanka aayushman

चितवन, ११ फागुन : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम सम्बन्धका बारेमा सबै नेपाली जानकार छन् । यी जोडी होलिडे मनाउन भन्दै विदेश डुलेको घटनाबारे उनीहरुका फ्यान जानकार छन् । बजारमा उनीहरुको प्रेम सम्बन्ध छताछुल्ल देखिएको छ । यसलाई फ्यानहरुले सकारात्मक रुपमा नै लिएका छन् ।priyanka aayushman

तर, चितवनमा आयोजित एक कार्यक्रममा दर्शकहरुले भने प्रियंका–देशराजको नौटङ्कीलाई नमज्जाले खिल्ली उडाएका छन् । चितवनमा आयोजित स्कुटर उद्घाटन कार्यक्रममा देखिएका प्रियंका–आयुष्मानको प्रस्तुती शैली ‘देश अनुसारको भेष’ नमिलेझै भएको कार्यक्रमका सहभागीले बताएका छन् । कार्यक्रममा नायक आयुष्मान जोशीले नायिका प्रियंका कार्कीलाई स्टेजबाट बोकेर तल झारे । उनीहरुको यस्तो प्रेम अभिव्यक्तिले उपस्थित धेरैको ध्यान खिचेको थियो ।

कार्यक्रममा सहभागी कस्ता छन् र आफ्ना गतिविधिलाई उपस्थितले कस्तो रुपमा ग्रहण गर्न सक्ने माहौल छ भन्ने नबुझ्दा प्रियंका–आयुष्मानको प्रेम प्रदर्शनलाई स्थानीयले ‘कहिं नभएको प्रियंका–आयुष्मान प्रेम ! भन्दै व्यङ्ग्य कसेका हुन् । प्रियंका र जोशी जुपिटर क्लासिक स्कुटरको ब्राण्ड एम्बेस्डर समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७