यसरी तुहियो प्रियंका–आयुष्मानको गोप्य योजना


११ फाल्गुन २०७४, शुक्रबार
Priyanka AAYUSH copy

काठमाण्डौं, ११ फागुन : भ्यालेन्टाइन्स डेको छेकोमा प्रियंका कार्की र आयुष्मान देशराजले आफ्नो प्रेम यात्रालाई जीवन साथी बनाउने योजनाबारे खुलाउँदै भनेका थिए ‘ हाम्रो बिहे विराट र अनुष्का स्टाइलमा गर्ने हो । एकैचोटी फोटो देख्नुहुन्छ ।’ सोही बेला उनीहरुले आफूहरु कम्बोडिया घुम्न जाने योजना समेत सुनाएका थिए । भ्यालेन्टाइन पासमा उनीहरु घुमेर पनि आए । तर, उनीहरुको मुख्य सरप्राइजको योजना कम्बोडियाबाटै आउने लुकाउन सफल भए । यी दुबै निकट स्रोतका अनुसार उनीहरु कम्बोडियामा इन्गेजमेन्ट गर्ने योजनासहित गएका थिए । तर इन्गेजमेन्ट हुन सकेन । दुबैले सरप्राइजका लागि बोकेर गएको औठी झोलामै राखेर रित्तै औंला फर्किए ।Priyanka AAYUSH copy

उनीहरुको योजना तुहिनुको कारण थियो आयुष्मान परिवारको असहमति । भ्यालेन्टाइन्स डेको विशेष सामाग्रीसँगै आयुष्मानकी आमा रबिनासँगको उनको तस्विर सार्वजनिक भएपछि इन्गेजमेन्ट रोकिएको विश्वस्त स्रोतले बतायो । शुक्रवारले भ्यालेन्टान्स डेमा प्रस्तुत गरेको विशेष सामाग्रीमा प्रियंका र आयुष्मानको सम्बन्ध, उनीहरुको पृष्ठभूमि र पूराना सम्बन्धबारे विशेष सामाग्री पस्केको थियो । pRIYANKA aayush1 copy 1

आयुष्मानसँग जोडिएपछि प्रियंकाले आयुष्मानकी आमासँग २ पिस लगाएर खिचेको तस्विर आफ्नो इन्टाग्राममा राखेपछि भाइरल भएको थियो । एक अवार्ड कार्यक्रममा प्रियंका र आयुष्मानको लिपकिस गरेको तस्विर समेत भाइरल भएको थियो । पूरानो तस्विर पून सञ्चारमाध्यममा आएपछि आयुष्मानकी आमा प्रियंकासँग रिसाउँदा कम्बोडियामा इन्गेजमेन्ट हुन सकेन । प्रियंकाले भने कम्बोडियामा इन्गेजमेन्ट गर्ने कुनै योजना नभएको बताइन् । उनले भनिन् ‘कम्बोडियामा इन्गेजमेन्ट गर्ने योजनासहित गएको हैन । रोकिएको पनि हैन । यो केवल गसिप मात्रै हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७