वाम सरकारलाई ‘कज्याउन’ कांग्रेसको पनि छायाँ सरकार


१२ फाल्गुन २०७४, शनिबार
congress meeting 8soNQgKUfS

काठमाण्डों, १२ फागुन : एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भइसकेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि संसदमा छायाँ सरकार बनाउने भएको छ ।

congress meeting 8soNQgKUfS
सरकारका काम कार्वाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले संसदमा छायाँ सरकार बनाउन लागेको हो । कांग्रेसले छाया सरकार गठनको खाका सहित प्रस्तावबारे विधानमा नै समावेश गरि संसदीय दलमा छलफल गरिरहेको छ । कांग्रेस संसदीय दलको बैठक सिंह दरबारमा चलिरहेको छ । छायाँ प्रधानमन्त्री र मन्त्रीहरुले आ आफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको कडा निगरानी गर्नेछन् । छायाँ सरकार गठन प्रदेशस्तरमा पनि गरिने नेता थापाले जानकारी दिए । 

अर्का नेता बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धनका लागि कांग्रेसले प्रतिनिधि र राष्ट्रिय दुवै सभामा सशक्त भूमिका निर्वाह गर्ने बताए । नेपाली काग्रेस संघीय संसदका दुवै सदन र प्रदेशसभामा पनि प्रमुख प्रतिपक्षी दल हो । यसअघि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले पनि आफ्नो दलले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने घोषणा गरेका थिए ।

शुक्रबार पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका थिए । उनले भनेका थिए, ‘हामी स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने अवधारणामा जान्छौं, र समृद्धिको पक्षमा माहोल बनाउन लागिपर्छौं ।’ वाम गठबन्धनको बहुमतको सरकार रहेको अवस्थामा दवावमा राख्नको लागि कांग्रेस र नयाँ शक्तिले छायाँ सरकारको अवधारणा ल्याएको बुझिएको छ ।
संसदीय दलको बैठकमा प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छायाँ प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरुकै संख्यामा मन्त्री पनि बनाउने तयारी भईरहेको नेता गगन थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७