महाबीर पुनको सहयोगार्थ हङकङमा ‘गोर्खा साँझ’ गरिने


५ भाद्र २०७४, सोमबार
Indian Gurkha

हङकङ : भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङकाे अायाेजनमा २८ मेमा ‘भारतीय गोर्खा भूपू साँझ-२०१७’ आयोजना हुने भएको छ । युनलोङ थिएटरमा हुने कार्यक्रमबाट संकलित केही रकम महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिनेछ ।

साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट बहुचर्चित कलाकारदेखि नवप्रतिभा कलाकरहरुलाई आमन्त्रण गरिएको छ।चर्चित लोक तथा दोहोरी गायक मिलन लामा, दोहोरी गायिका शर्मिला गुरुङ, गजल तथा आधुनिक गायक शिव परियार, लोक तथा आधुनिक गायिका शान्ति गुरुङ, सरला राई, सुजन तिगेला लिम्बु, लोक दोहोरी गायिका तृष्ण घर्तीमगर, लोक गायक डम प्रकाश पुन र मोडेल तथा नृत्याङ्गना आरुसी मगरलाई हङकङ निम्त्याइएको छ । सामाजिक अभियन्ता महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने अभिप्रायले यो कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष जजिन चाम्लिङ राई बताए

 

Indian Gurkha

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७