दिपक गुरुङको नेतृत्वमा सहारा हङकङ


१२ फाल्गुन २०७४, शनिबार
HK Pokhara

हङकङ : सहारा क्लब हङकङको दोश्रो अधिवेशनबाट दिपक गुरुङ फेरि अध्यक्ष चयन भएका छन्। अधिवेशनले गुरुङको नेतृत्वमा १७ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको छ। समितिका उपाध्यक्षमा कृष्णाकुमारी गुरुङ र बिलबहादुर तामाङ चयन भएका छन् भने महासचिव कुमार गुरुङ, सचिव सरोज गुरुङ, कोषाध्यक्ष सुमित्रा गुरुङ, सहकोषाध्यक्ष प्रविण गुरुङ छानिएका छन्।

HK Pokhara

त्यस्तै सदस्यहरूमा विकाश गुरुङ, किसान गुरुङ, सरिता गुरुङ, ज्योति गुरुङ, कुमारी गुरुङ, कमला थापा, रुपेश राई, ओम गुरुङ, जगत गुरुङ र राजु गुरुङ रहेका छन्।

हङकङको जोर्डनस्थित कङ्गन रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा निवर्तमान महासचिव बिलबहादुर तामाङले क्लबको संगठानिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष सुमित्रा गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

निवर्तमान अध्यक्ष दिपक गुरुङले सहारालाई सम्पूर्ण हङकङेली समुदायको भरपूर सहयोग रहेकोप्रति कृतज्ञता व्यक्त गर्दै आफुलाई विश्वास गरी पुनः सहारालाई अगाडी बढाउने जिम्मेवारी सुम्पिएकोप्रति धन्यवाद प्रकट गरे।

आत्मा साक्षी राखी, मन वचन र कर्मले सामाजिक सेवा गरौं भन्ने भावनाका साथ ३० सेप्टेम्बर २०१२ मा स्थापना गरिएको सहारा क्लबले सामाजिक तथा खेलकुदको क्षेत्रमा हङकङ र नेपालका विभिन्न संघसस्थाहरुसँग हातेमालो गर्दै अनाथ, असहाय तथा बेसहारा बालकहरुको उज्जवल भविष्य निर्माणका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७