हस्तमैथुन गर्नेका लागि यो जान्न आवश्यक छ


१३ फाल्गुन २०७४, आईतवार
hastnaithun

काठमाडाैं, १३ फाल्गुन बीबीसी। हस्तमैथुनलाई लिएर मानिसहरुमा कयौं भ्रम हुन्छन्। कयौं मानिसहरु यसलाई गलत भन्छन् भने कोही यसलाई सही भन्छन्। तर विज्ञानलाई यसलाई गलत मान्दैन। हस्तमैथुन स्वास्थ्यकालागि राम्रो र सामान्य मानिन्छ। हस्तमैथुनसँग सम्बन्धित केही रोचक प्रसंगhastnaithun

हस्तमैथुन भनेको के हो ?

आफूले आनन्द अनुभव गर्न आफ्ना गोप्य अंग छुने वा हल्लाउनुलाई हस्तमैथुन भनिन्छ। हस्तमैथुनका क्रममा मानिसले सुन्दर पलको कल्पना गर्छ र त्यसैका बारेमा सोच्छ।

हस्तमैथुन गलत हो ?
हस्तमैथुन गर्नु गलत होइन। यो आफूलाई आनन्दित पार्ने एक राम्रो प्राकृतिक तरिका हो। यसले तपाइँलाई खुशी र आनन्द दिलाउँछ। यो व्यक्तिको नितान्त निजी विषय हो। तर, सार्वजनिक स्थानमा हस्तमैथुन गर्नु गैर कानुनी हो। हस्तमैथुन युवा र युवती दुवैले गर्न सक्छन्। युवाहरु १७ वर्षपछि हस्तमैथुन गर्न रुची राख्छन्।

स्वास्थ्यकालागि हस्तमैथुन हानिकार हो ?
होइन। हस्तमैथुनले मानिसलाई अन्धो वा पागल बनाउँदैन। हस्तमैथुन गर्दा तपाइँको आँखा मुनि कालो हुँदैन। न यसले शारीरिक विकासलाई रोक्छ।

वास्तविकता के हो भने हस्तमैथुन गर्दा तपाइँको तनाव कम हुन्छ र मानिसलाई खुशी राख्ने हार्मोन इण्डारफिंस रिलीज हुन्छ। जसले तपाइँलाई आनन्द बनाउँछ। हस्तमैथुनले निन्द्रा लाग्छ र तपाइँका गोप्य अंग सक्रिय बनाउँछ।

सेक्स टोयको प्रयोग ठिक हो ?
युवतीहरु हस्तमैथुनको समयमा आफ्नो गुप्तांगमा केही घुसाउँछन्। यो सेक्स टोय पनि हुनसक्छ। यस्तो गर्नु त्यतिबेलासम्म सुरक्षित नै मानिन्छ, जतिबेलासम्म तपाइँलाई कुनै कष्ट हुँदैन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७