‘आइरन लेडी’द्वारा हङकङको नेतृत्व दाबी


५ भाद्र २०७४, सोमबार
regina IP Hongkong chief
New People’s Party chair Regina Ip Lau Suk-yee announces poll results on constitutional reform package, China Overseas Building, Wanchai, 26MAY15.

regina IP Hongkong chief

हङकङ: हङकङका पूर्व सुरक्षा उपप्रमुख रेगिना आईपीले यहाँका गैर संस्थापन पक्षलाई समेत लिएर अघि बढ्ने अठोट साथ हङकङको राजनीतिक नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। रेगिनाले हङकङ सुरक्षा उपप्रमुखबाट यहाँको प्रजातन्त्र पक्षधर समूहले गरेको जनआन्दोलनपछि आफ्नो पदबाट राजीनामा दिएका थिए।

हङकङका कट्टरपन्थी नेता लिउङ चुन यिङले गत हप्ता सहरको प्रमुख कार्यकारीका लागि निर्वाचन नलड्ने बताएपछि रिक्त उक्त पदमा न्यु पिपुल्स पार्टीका तर्फबाट उनले नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेकी हुन्। लिउङले हङकङमा बेइजिङविरोधी प्रदर्शन लगायतका राजनीतिक सङ्कटका समय यहाँको नेतृत्व सम्हालेका थिए। लिउङको विकल्पमा हङकङका अर्थमन्त्री जोन साङलाई अगाडि सारिए पनि रेगिनाले ‘हङकङको पुनः विजय’ अभियानको घोषणा गर्दै नेतृत्वका लागि दाबी पेस गरेकी हुन्।

रेगिना बेइजिङको कठपुतली बन्ने चेतावनी यहाँका प्रतिपक्षी दलले दिएको छ। उनी प्रतिपक्षीले लिउङजस्तै बेइजिङप्रति वफादार हङकङको प्रजातान्त्रिक आन्दोलनप्रति पूर्वाग्रही व्यक्ति रहेको बताएको छ। हार्वरफ्रन्ट कन्भेन्सन सेन्टरमा उम्मेदवारीको घोषणा सभामा पिपुल्स पार्टीका उपप्रमुख लुइस सिंहले रेगिना हङकङको विकासका लागि आवश्यक ‘आइरन लेडी’ भएको बताए ।

रेगिनाले राष्ट्रिय सम्प्रभूता, प्रादेशिक अखण्डताका लागि हङकङको संविधानको परिधिमा रहेर गैर संस्थापन पक्षधर समूहलाई समेत लिएर अघि बढ्ने बताइन्। एएफपी

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७