सिंहदरबार गाउँ होइन, सिंहदरबारको भ्रष्टाचार प्रवृति चार्ही गाउँ पुग्यो : बाबुराम भट्टराई


१४ फाल्गुन २०७४, सोमबार
Baburam Bhattarai

काठमाण्डौं, १४ फागुन : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको गाउँ नगएको बरु सिंहदरबारको भ्रष्टाचारी प्रवृति चाहीं धमाधम गाउँतिर गइरहेको बताएका छन् ।Baburam Bhattarai

पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकको तेस्रो दिन शुक्रबार समूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिंदै संयोजक डा. भट्टराईले अहिले संघीयता कार्यान्वयनको नाममा भ्रष्टाचार प्रवृति गाउँसम्म पुगिरहेको आरोप लगाए । ‘हामीले संघर्ष गरेर ल्याएको संघीयताको कार्यान्वयनबाट सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्नुपर्ने हो’, उनले भने, ‘तर, अधिकारभन्दा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुगिरहेको छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले नयाँ शक्तिले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने जानकारी गराउ । उनले समृद्धिको नारा नयाँ शक्तिको भए पनि यसको कार्यान्वयन गर्न सरकारमा पुग्नुपर्ने भएकोले तत्कालको लागि प्रचारात्मकरुपले अभियान लैजानै बताएका छन् ।

उनले नयाँ शक्तिले जितेको ठाउँमा छुट्टै विभाग बनाएर मोडेल काम गर्ने कार्ययोजना ल्याउने बताए। फागुन ९ बाट लुम्बिनीमा सुरु भएको नयाँ शक्तिको संघीय परिषद्को चौथो विस्तारित बैठक शनिबार सम्पन्न हुनेछ । ‘समृद्धि हाम्रो नारा हो तर, हाम्रै नेतृत्वमा कार्यान्वयनको अवस्था अहिले रहेन’, उनले भने, ‘हामी स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने अवधारणामा जान्छौं, र समृद्धिको पक्षमा माहोल बनाउन लागिपर्छौं ।’ बैठकले १५ जनाको विज्ञ परिषद, ३५ जनाको संरक्षक समिति र १०१ जनाको कार्यकारी समिति बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७