डेटमा बोलाएर युवतीले गरिन् युवाको ‘रामधुलाई’


१६ फाल्गुन २०७४, बुधबार
1519802733

काठमाण्डौं, १६ फागुन : युवा–युवतीबीच अहिले डेटिङ्गको खुब चलन बढेको छ । विभिन्न सुन्दर ठाउँहरुमा प्रेमलाप गर्दै रमाउने युवा जमात बढिरहेको छ । अहिले एउटा भिडियोले सनसनी मच्याएको छ । भिडियोमा एक मस्त जवान युवती छिन् । सेतो टिसर्ट र पाइन्ट लगाएकी ती युवतीले एक नव जवान युवालाई कुटिरहेकी छिन् ।1519802733

केटा आफ्नो बचाउको लागि अनुहार लुकाइरहेका छन् । तर, उनीहरुलाई भिडले घेरेका छन् । सबैले मोवाइलमा यो नौंटकीको फोटो भिडियो खिचिरहेका छन् । यो नौंटकी भने होइन। घटना भारत उत्तर प्रदेशको हो । त्यहाँकी एक युवतीले ती युवालाई रामधुलाई गरेकी हुन् । युवतीका अनुसार ती युवाले उनलाई ६ महिनादेखि लगातार पिछा गरिरहेका थिए । युवाले फोनबाट युवतीलाई दुःख दिइरहका थिए ।

युवतीले ती युवालाई पाठ सिकाउने बिचार गरिन् । उनले युवालाई भेट्न बोलाइन् । उनले भेट्न बोलाएको ठाउँ नजिक एसएसपी कार्यलय थियो । युवतीले पूर्व तयारीसाथ त्यहाँ बोलाएकी रहिछन् । युवा उनलाई भेट्न मख्ख परेर आइपुगे । तर युवा आउनसाथ उनलाई कुटपिट गर्न थाले । एसएसपी कार्यलयको अगाडि युवतीले केटालाई कुटपिट गर्दैै कार्यलयभित्रै पुर्‍याइन् । कार्यलयमा पनि उनले केटालाई कुट्न छाडिनन् ।

एक कलेजमा प्रवन्धकको काम गर्ने ती केटा विवाहित रहेछन् । सोधपुछको क्रममा उनले आफ्नो छोरो समेत भएको बताए । तर ती केटीसँग उनी कसरी सम्पर्कमा आए, कसरी फोनमा कुराकानी भयो भन्नेबारे दुबैले केहि भनेनन् । दुबैले एक–अर्कालाई आरोप लगाइरहे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७