सलमान नेपाल नआउने पक्का, करोडौंमा डुब्दै आयोजक


१८ फाल्गुन २०७४, शुक्रबार
salman

काठमाण्डौं, १८ फागुन : भारतीय चर्चित अभिनेता सलमान खान ‘दवङ्ग’ टुर लिएर नेपाल नआउने पक्का भएको छ ।salman

सुरक्षा संवेदनशिलताका कारण सलमान नेपाल नआउने मनस्थितिमा पुगेको समाचार स्रोतले जनाएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल जनसाँस्कृतिक महासंघले सलमानको कार्यक्रम तत्काल रोक्नु पर्ने, नत्र कार्यक्रमकै कारण आउन सक्ने अप्रिय घटनाको जिम्मेवारी आयोजक आफैले लिनुपर्ने चेतावनीका कारण आयोजक कार्यक्रम स्थगित गर्ने मनस्थितिमा पुगेको जनाइएको छ ।

कार्यक्रममा नआउनेबारे औपचारिक जानकारी आउँदै

सलमान खानको कार्यक्रम रोक्न विप्लव माओवादीको चेतावनीको समाचारलाई भारतीय मिडियाहरुले समेत प्राथमिकताका साथ प्रशारण गरेका छन् । उनीहरुले सुरक्षा अवस्था राम्रो नभएकै कारण नेपालको कार्यक्रममा सहभागी नहुने सलमान खानलाई सुझाव दिएर समाचार प्रकाशित गरेका छन् । भारतका चर्चित सञ्चारमाध्यम टाइम्स अफ इण्डिया, हिन्दूस्तान टाइम्सलगायतले सलमानलाई नेपालको कार्यक्रममा सहभागी नहुने सुल्झाएका छन् ।

आयोजक भन्छन्, ‘हल्ला गलत हो’

यता वहुराष्ट्रिय वियर उत्पादक काल्सवर्गको ८० प्रतिशत लगानीमा गोरखा ब्रुअरीको अगुवाइमा सलमानको ‘दवङ्ग’ टुर नेपालमा आयोजना गर्न लागिएको हो । आयोजकले कार्यक्रम रोकिने भन्ने हल्ला गलत भएको जनाउँदै निर्धारित समयमै कार्यक्रम हुने दावी गरेको छ ।

नेपाली कलाकारकै छैन साथ

नेपाली कलाकारहरुको वेवास्ता गर्दै भारतीय कलाकारलाई मात्र बढी प्राथमिकतामा राखिएको भन्दै नेपाली कलाकारहरुले यो कार्यक्रमलाई असहयोग गर्दै आएका छन् । आयोजकले केहि नेपाली कलाकारलाई सलमानसँग नाच्न आग्रह गरे पनि आयोजकको आग्रह नेपाली कलाकारले अस्वीकार गरिसकेका छन् । भारतीय कलाकारलाई मात्र चाहिने भन्दा बढी प्राथमिकता दिइएको र नेपाली कलाकारलाई भने सित्तैमा नचाउने कोशिस गरिएको भन्दै नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारले यो कार्यक्रममा सहभागिता नजनाउने जनाइसकेका छन् ।

करोडौं बाहिरिने

सलमान खानको दवङ्ग टुरले नेपालको करोडौं रुपयाँ भारत लैजाने जानकार बताउँछन् । कार्यक्रममा सहभागी हुनका लागि हजारौं रुपैयाँको टिकट मूल्य राखिएका कारण सर्वसाधरणको पहुँच भन्दा बाहिरको कार्यक्रम भएको र यसले नेपाली साँस्कृतिक क्षेत्रको विकासमा योगदान नगर्ने जानकार बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७