‘भूतपूर्व गोरखाहरुको मुद्धा केपी ओली, प्रचण्ड र शेरबहादुरहरुको पनि हो’ (फाेटाे र भिडियाेसहित)

भूतपूर्ण गोर्खा आन्दोलनबारे जानकारी सभा


१७ फाल्गुन २०७४, बिहीबार
Gurkhas Programme 11

ललितपुर, १७ फागुन । पछिल्लो गोर्खा आन्दोलन र उपलब्धि बारेमा जानकारी सभा सम्पन्न भएको छ । भूतपूर्व गोरखा सैनिक सर्घष समितिको आयोजनामा मानभवनको क्रिष्टल बैंक्युटमा १०० भन्दा बढी भूतपूर्ण गोर्खा सैनिककाबीच जानकारी सभा सम्पन्न भएको हो । Gurkhas

जानकारी सभामा गोर्खा भूतपुर्ण गोरखा सैनिक सङ्घको सभापति कृष्ण कुमार राईले भूतपूर्ण गोर्खाहरूले प्राप्त गरेको उपलब्धिहरू बारेमा जानकारी दिए । उनले बेलायतको अदालतले आवसिय भिसा सम्बन्धी दिएको नयाँ आदेशसँगै भिसा आवेदन दिन गोर्खा सन्तानहरूलाई आग्रह गर्नुभयो । उनले भिसाको लाग्छै भन्ने टुङ्गो नभएपनि आवेदन नै नदिए झनै नलाग्ने बताए । गोर्खाहरूको सन्तानको भिसा लगाउनको लागि र अधिकार प्राप्तिको आफूहरू निरन्तर लाग्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

उनले बेलायतको भ«ेटान मिनिष्टर नेपाल भ्रमणमा गोर्खाहरू मुद्दा बारेमा नेपालको नेताहरूलाई ध्यानाकर्षण गराउन सकिएको बताए । जसको कारण अहिले प्रधानमन्त्री केपी ओलीले भे«टान मिनिष्टरलाई गोर्खाहरू माथिको अन्यायको बारे सोध्न सकेको समेत बताए ।

यस्तै उनले वेलफियर अफियर्सहरुको भूपूहरुलाई दुःख दिने गरेको बताउँदै भेट्न नजान समेत सुझाव दिए । उनले भने,‘हामीले उनीहरूलाई नभेटे दुःख पाउँदैन, तर तपाइहरू भेट्न जानुभयो भने आएको पेन्सन रोकिदिने, एयरपोर्टमा दुःख दिने, जसले साब म नेपाल जाँदै छु भन्छु उसैलाई दुःख दिन्छ ।’

उनले टेकेन्द्र जङ्ग देवान बिडब्लुबेसका पदाधिकारी गोर्खाहरूको लागि घातक सिंद्ध हुन लागेको बताए । उनले एमोडि अङ्ग भएर गोर्खाकोविरुद्ध नबोल्न समेत आग्ह गरे । उनले भने,‘ हामी सेभेन टे कमिसन मान्दैन्, हामी बेलायती सेनाको अवकाश प्राप्त गोर्खा हौँ, भारतीय गोर्खा होइनौ, र्गार्खाको मुद्दा अनत्यमा आइपुगेको वार्ता असफल पार्न काम नगुर्नहोला।’

यस्तै उनले कार्यक्रममा बेलायतको लागि नेपालीको राजदूतका दुर्गाबहादुर सुवेदीको अत्यन्तै राम्रो भूमिका खेलिरहेको भन्दै प्रशंसा पनि गरे । राजदूत सुवेदीले गोर्खाहरूको समस्यमा अत्यन्तै सकारात्मक भूमिका निभाइरहे समेत उनले जानकारी दिए ।

यस्तै कार्यक्रमा सत्याग्रह सर्घष समितिको संयोजक कृष्ण बहादुर राईले गोर्खाहरूको अधिकार प्राप्तिको लागि भूतपूर्व गोर्खाहरूको एकता नटुटने बताए ।

यसै गरी कार्यक्रम सांसद यक्षराज सुनुवारले भूतपूर्व गोर्खाहरूको एकताले गोर्खाहरूमा उत्साह थपिएको बताए । अहिलेको भूतपूर्व गोर्खाहरूको आन्दोलन गोर्खाहरूको मात्र आन्दोलन नभई देशको आन्दोलन भएका उनले बताए । उनले भने, ‘यो आन्दोलन कृष्ण कुमार, कृष्ण बहादुर, ज्ञानराज राईको मात्र लडाई नभए देशको लडाई हो, यो लडाई नेपाल राष्ट्रियता सँग जोडिएको छ । त्यसैले यो नेपाली जनताको लडाई भएकाले, केपी ओली, प्रचण्ड सबै लड्नु पर्नेपर्छ ।’
उनले सांसदको हैसियतले गोर्खाहरूको आन्दोलन, मुद्धाहरुमा विषय व्यवस्थापिका सांसद उठाउने जिम्मा आफूले लिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै पूर्व गोर्खा समेत रहेको पूर्व राज्यमन्त्री दिलमान पाख्रिनले दुर्इ सरकारबीच  टेबल टकका साथै विभिन्न किसिमका दवाब मुलुक कार्यक्रम पनि गर्नु पर्ने बताए ।कार्यक्रमा गेसोका सचिव बुद्धिराजराईले स्वागत मनतव्य दिँदै भूतपूर्ण गोर्खाजको आन्दोलनले सफलतासँगै बेलायतमा बसोबास बढी भएको र नेपालमा कम भएको बताए । नेपालमा कम भए पनि कार्यक्रममा भव्य उपस्थिति भइदिएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले यहाँ भएको असंगठित भएको भूतपूर्व एकजुट भएर रहनु पर्नेमा जोड दिए । Gurkhas Programme 7

कार्यक्रममा पूर्व राज्यमन्त्री दिलमान पाख्रिन प्रतिनिधिसभा सदस्य यक्षराज सुनुवार, पूर्व सभासद् जयन्ती राई, केशरी घर्ती मगर, एमालेका केन्द्रीय सदस्य तथा भूतपूर्ण गोर्खा सैनिक इन्चार्च हरि राई, गेसो उपसभापति मणि कुमार वान्तावा, गेसो कोषाध्यक्ष, देवीमाया पुन, सह–कोषाध्यक्ष देवीमाया पुन लगायतको उपस्थिति रहेको थियो ।

Gurkhas Programme 8

Gurkhas Programme 12

yagya raj sunuwar Krisna kumar Rai Krishna bahadur raiGurkhas Programme 11

Gurkhas Programme 9 Gurkhas Programme 10 Gurkhas Programme 6

Gurkhas Programme 5

Gurkhas Programme 4

Gurkhas Programme 3

dilman pakhirna

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७