नगरपालिका भित्रैको विद्यालय जान-आउन चार घण्टा !


१९ फाल्गुन २०७४, शनिबार
school student nepal

रोल्पा, फागुन १९ ।अध्ययनका लागि नजिक विद्यालय नहुँदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् ।school student nepal

रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कंदा दैनिक चार घण्टा पैदलयात्रामै बिताउनु पर्दा उनीहरुले पढाइमा सास्ती व्यहोर्नु परेको छ ।

रोल्पा नगरपालिका– ९ को फाल्जा, गैराखुटी लगायतका गाउँबाट दैनिक चार घण्टा बढी पैदल हिँड्नुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका छन् । कुवापातल, कर्तम, वेसारवाङ, चोयवाङलगायतका गाउँ पनि विद्यालय भन्दा निकै टाढाको दुरीमा पर्ने विद्यार्थी बताउँछन् ।

लामो पैदलयात्रा हिँडेर माविस्तरको पढाइ पूरा गर्ने वा निमाविस्तरको पढाइ पूरा गरेर पढाइ छोड्ने यी दुई विकल्पमध्ये एक रोज्नुपर्ने बाध्यतामा छन्, यहाँका विद्यार्थी ।

उनीहरुका लागि छिमेकी वडामा रहेका अन्य विद्यालय पनि निकै टाढा रहेका छन् । छिमेकी विद्यालयको रुपमा रहेका धवाङको गापा, मिरुलको टुटु, कुरेलीको खरिबोट, जंकोटको माडीचौर र सदरमुकाम लिवाङमा विद्यालय रहे पनि ती विद्यालय पनि निकै टाढा पर्दछन् ।

घर र विद्यालयको दुरी टाढा हुँदा पढाइमा निकै असर गरेको स्थानीय बाल क्लबका सचिव नवीन विकले दुखेसो पोखे । हिँड्नमै धेरै समय बिताउनुपर्दा ‘अध्ययनका लागि समय पाइदैन अनि कसरी पढाइमा सुधार हुन्छ, विकले प्रश्न गरे।

गाउँकै विद्यालयमा पढ्न विद्यार्थिलाई सहज होस् भनेर निजी स्रोतमा मावि सञ्चालन गरेको भए पनि भौगोलिक कठिनाइका कारण विद्यार्थी घण्टौं पैदल हिँड्न बाध्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खत्रीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७