टेनिसमा नुबेन र शिभाली च्याम्पियन


१९ फाल्गुन २०७४, शनिबार
subhangi laxmi shah returns a shot against eva adhikari 1

काठमाण्डौ, फागुन १९ नुबेन लिम्बु र शिभाली गुरुङ पाँचौ नेपाल जुनियर लन टेनिस च्याम्पियनशिप प्रतियोगिताको अन्दर–८ को ब्याईज र गल्र्सका विजेता बनेका छन् ।

subhangi laxmi shah returns a shot against eva adhikari 1
नुबेनले असभ सम्राट हाडालाई १०–२, १०–१ को सेटमा हराउँदै च्याम्पियन बनेका हुन् । यस्तै गल्र्स अन्दर–८ मा शिभालीले पनि साम्राज्ञी लामालाई १४–१२, १०–६ को सेटमा पराजित गर्दै विजेता बनिन् । प्रतियोगिताको पहिलो दिनमा समान दुई–दुई खेल जित्दै नुबेन र शिभाली बिजेता बनेका हुन् ।
ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको अन्दर–१० गल्र्स स्पर्धाको सेमिफाइनलमा प्रसंशाले अड्यालोना पौड्याललाई ६–२,६–१ सेटमा हराउँदै फाइनल प्रवेश गरिन् । सोही उमेर समूहको अर्को सेमीफाइनलमा जेनी खड्कालाई ६–०, ६–२ ले हराउँदै सुनीरा थापाले पनि फाइनलमा स्थान पक्का गरिन् ।
यसैगरी अन्दर–९ गल्र्समा शैभी ढकाल र समृद्धि महर्जनले फाइनलमा स्थान सुरक्षित गरिन् । शैभीले प्रतिष्ठा लामालाई तथा समृद्धिले ऐशानि बटाजुलाई हराइन् । यसैगरी ब्याईज अन्दर –१० स्पर्धाको क्वाटर फाइनलमा सक्षम बिक्रम शाहले समन सिंह बस्नेतलाई तथा आयुष्मान घलेले टेन्सिंग गुरुङ्गलाई समान ६–०, ६–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे । सोही उमेर समूहको अर्को क्वाटरफाइनलमा निशाद जोशीले ऋद्धभिक कार्कीलाई ६–१, ६–० तथा राजबीर प्रधानले आर्यम्यमान जोशीलाई ६–०, ६–० ले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरे ।
यसैगरी अन्दर–९ ब्याईज स्पर्धामा निशाद जोशीले हर्षित पन्तलाई तथा र बोरिस अधिकारीले असभ सम्राट हाडालाई समान ४–०, ४–० को सेटमा हराउँदै फाइनल भिडन्त पक्का गरे । यस्तै अन्दर–१४ गल्र्स स्पर्धाको शर्भानी श्रेष्ठले आयशा डोल्कर गुरुंगलाई ६–१, ६–१ को सेटमा हराउँदै सेमीफाइनल प्रवेश गरिन् ।
यसैगरी प्रणव मानन्धर र आदित्य अग्रवाल अन्दर–१४ स्पर्धाको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो चरणको खेलमा प्रणवले श्रीयोग अधिकारीलाई ६–०, ६–० तथा आदित्यले केभीन शाक्यलाई ६–१, ६–२ ले हराए । यस अघि प्रतियोगिताको उद्घघाटन अखिल नेपाल लन टेनिस संघका अध्यक्ष ज्योति राणाले गर्नु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७