पर्साकी सिम्रनलाई ‘मिस तामाङ्ग’ उपाधि


२० फाल्गुन २०७४, आईतवार
Miss Tamang

काठमाण्डौं, २० फागुन : यस वर्षको ‘मिस तामाङ’ को उपाधि ठोरी गाउँपालिका पर्साकी सिम्रन स्याङ्बोले जितेकी छन् । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको ११ औं संस्करणको प्रतियोगिताको उपाधि पर्साकी सिमरनले जितेकी हुन् । उनले प्रतियोगितामा सहभागी २७ प्रतिष्पर्धीलाई पछि पारेकी थिइन् ।Miss Tamang

सिम्रनले उपाधिसँगै १ लाख पुरस्कार र सिभिल ग्रुपको एक वर्षे ब्राण्ड एम्बासेडर पनि बनिन् । सिम्रनलाई अघिल्लो ‘मिस तामाङ’ पिंकी घिसिङले ताज पहिराइन् । प्रतियोगितामा नुवाकोटकी रञ्जिता लामा ‘फस्ट रनरअप’सँगै ‘इमेज भ्युवर च्वाइस’, काठमाण्डौंकी कुञ्छान लामा ‘सेकेण्ड रनरअप’ सँगै ‘फोटो भ्युअर’, मकवानपुरकी गीताञ्जली पाख्रिन ‘फोर्थ रनरअप’सँगै ‘ब्युटिफुल स्माइल’ तथा काभ्रेकी अनिशा तामाङ ‘फिप्थ रनरअप’ बने । प्रतियोगितामा रुपा घिसिङ ‘वेष्ट क्याटवाक’, आशिका बल ‘वेष्ट पर्सनालिटी’, सिम्रन लामा ‘वेष्ट फ्रेण्डसिप’, क्रिस्टिना लामा ‘वेष्ट अनुशासन’ र प्रियंका लामा ‘वेष्ट ब्युटिफुल हेयर’ बने ।

प्रतियोगितामा सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, सन् २०१२ की मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवीद्वय प्रविण मोक्तान र भुपाल तामाङ निर्णायक थिए । नेपाल तामाङ कला संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले तामाङ जातिको कला, संस्कृति, भेषभुषा तथा रीतिरिवाज जोगाउने उद्देश्यले प्रतियोगिता गरिएको बताए । सिम्रनसहित अहिलेसम्म जेनिशा मोक्तान, उपाली ग्याबाक, समी बज्यु, रोजिना घिसिङ, सुमि मोक्तान, लाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान तामाङ, उर्मिला लामा योञ्जन र पिंकी घिसिङले शीर्ष उपाधि जितिसकेका छन् ।Miss Tamang Group

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित १६ जना तामाङ सभासद तथा सांसदलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा राधिका तामाङ, यशोदाकुमारी लामा, रेशमबहादुर लामा, परशुराम तामाङ, दिलमान पाख्रिन, शेरबहादुर तामाङ, बहादुरसिंह लामा, तीर्थबहादुर लामा, कमला दोङ, बबिना मोक्तान, पुष्पलता लामा, रमेशकुमार लामा, इच्छाराज तामाङ, राजाराम स्याङतान, छेवाङतेन्जिङ लामा र योगेन्द्र घिसिङ रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७