अभिनेत्री अशिष्मा नकर्मीको विवाह ब्रिटिस आर्मीका छोरासँग हुँदै


२२ फाल्गुन २०७४, मंगलवार
Ashishma Nakarmi

काठमाडौं, फागुन २२। अभिनेत्री अशिष्मा नकर्मी विवाह हुने पक्का भएको छ। उनको विवाह फागुन २८ गते नविन प्रधानसँग हुने तय भएको छ । उनले नविनसँग मागी विवाह गर्न लागेकी हुन् ।Ashishma Nakarmi

उनले कुराकानी, बानी व्यहोरा र नेवारी समुदाय कै केटोसँग विवाह गर्न लागेकी बताइन् । ‘अमेरिकामा रहनु भएको मेरो धर्म भाई प्रतिल श्रेष्ठ र नविन जीको भाई साथी साथी हुनुहुदोँ रहेछ । उहाँहरुकै कारण हाम्रो दुई हप्ता अगाडि कुराकानी भयो । उहाँहरु घरमा माग्न आउनु भयो । कुराकानी, बानी व्यहोरा सबै राम्रो लागेकोले विवाह गर्ने निर्णय गरेकी हुँ । अर्को कुरा उहाँ नेवार समुदायको पनि हुनु भएकोले पनि विवाहको लागि म राजी भएकी हुँ ।’

उनले विवाहपछि पनि निरन्तर सिने क्षेत्रमा रहिरहने बताएकी छिन् । उनले भनिन्, ‘विवाहपछि सिने क्षेत्रबाट विश्राम लिन्छु भन्ने पछिको कुरा हो । तर मैले अभिनय गरेको सिनेमाहरु अझै पनि रिलिज हुनै बाँकी छन् । त्यसकारण पनि त्यसको लागि मैले समय दिनु नै पर्छ । त्यसकारण हेर्ने हो भने म तत्काल सिनेमा क्षेत्रबाट टाढा भएर जान्छु भन्ने लागेको छैन ।’

उनले विवाहको कार्ड छापिसकेको तर निम्तो बाड्न बाँकी रहेको बताएकी छिन् ।

करिब एक दशकदेखि फिल्म नगरीमा सक्रिय रहेकी अशिष्माले नेपाली भाषासहितका दर्जनौ नेवारी फिल्ममा नायिकाको भूमिकामा निर्वाह गरेकी छिन् । तर उनी नेपाली चलचित्रका दर्शकमाझ भन्दा नेपाल भाषाका चलचित्रबाट नेवारी समुदायमा चर्चित छिन् । उनले नेपाली भाषा चलचित्रमा ‘अन्तराल’बाट डेव्यु गरेकी हुन् । aashima with to be hubby

गाेरखा अार्मीका छाेरासँग विवाह  

अशिष्माका श्रीमान पेसाले चार्टर्ड अकाउन्टेन्ट हुन । काठमाण्डौ मध्य बानेश्वरका स्थानीय नविन हाल अमेरिकामा छन् । अमेरिकामै बस्ने धर्म भाईसँग साथी रहेका नविनसँगको छोटो चिनजानमा विवाह हुन लागेको हो।

विशुद्ध एरेन्ज म्यारिजमा बाँधिन लागेकी अशिष्माका हुनेवाला श्रीमान फ्रिलान्सर सिए (चार्टर्ड अकाउन्टेन्ट) हुन् । नविन १२ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनको पारिवारिक पृष्ठभूमिमा पीता ब्रिटिश आर्मी हुन ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७