एउटै विद्यालय पढेका भोजपुरका दुई चेलीबीच राष्ट्रपतिमा प्रतिस्पर्धा


२३ फाल्गुन २०७४, बुधबार
bidya devi bhandari and Laxmi rai

काठमाडौं २३ फागुन : संघीय गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति पदका लागि भोजपुरे दुई चेलीविच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेस नेतृ कुमारी लक्ष्मी राईविच प्रतिस्पर्धा हुने भएको हो । जो, कुनैबेला दुबै भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी थिए ।

bidya devi bhandari and Laxmi rai

नेकपा (एमाले) स्थायी कमिटिको बैठकले मंगलबार राती वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लगत्तै कांग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको बुधबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले भोजपुरकी कुमारी लक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी शहीद देवनसिंह राईकी छोरी हुन् । देवानसिंह २०१५ सालमा सांसदमा निर्वा्चित भएर बिपी कोइराला नेतृत्वको सरकारमा उपमन्त्री मन्त्री बनेका थिए। मन्त्री भइसकेका देवानसिंहको पञ्चायत कालमा हत्या गरिएको थियो । देवानसिंह राई विश्वेश्वरप्रसाद कोइरालासँगै सुन्दरीजल जेलमासमेत परेका थिए । सन् १९३९देखि १९४५ सम्म चलेको विश्व युद्धमा लाहुरेका रुपमा लडेका राईले गोरखा सैनिकका रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०३० सालबाट राजनीतिमा आवद्ध राई भोजपुरको  छिनामखु  गाविस (हालको टेम्केमैयुम गाउँपालिका) जन्मीएकी हुन् । वर्तमान राष्ट्रपति भण्डारी २०१८ असार ५  गते भोजपुरको मानेभन्ज्याङमा जन्मीएकी हुन् । उनी भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममै उहाँ नेपालको कम्युनिष्ट आन्दोलनप्रति आकर्षित भएकी थिइन् । कांग्रेस नेतृ कुमारी लक्ष्मीराई पनि भोजपुरको विद्योदय माध्यमिक विद्यालयबाटै राजनीतिमा आकर्षित भएकी हुन् । विद्योदय माध्यमिक विद्यालय भोजपुर सदरमुकाममा पर्दछ ।

विद्योदय माध्यमिक विद्यालय भोजपुर सदरमुकाममा पर्दछ ।
विद्योदय माध्यमिक विद्यालय

सो निर्वाचनका लागि आज फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ । वाम गठबन्धनले वर्तमान राष्ट्रपतिलाइ नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै औपचारिकताको लागि मात्रै कांग्रेसले पनि आफ्नो पार्टीबाट उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।

राष्ट्रपतिमा भण्डारीको विजय निश्चित जस्तै छ । वर्तमान राष्ट्रपतिलाई उम्मेदवार नबनाएमा भने कांग्रेसले उम्मेदवारी नदिने बताएको थियो । राष्ट्रिय सभामा सरकारबाट मनोनयन हुने तीन सदस्यको विषयमा राष्ट्रपति भण्डारीले राजनीतिक पूर्वाग्रह राखेको भन्दै कांग्रेसले यस्तो निर्णय लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७