सकसको पोस्टर सार्वजनिक


२७ आश्विन २०७४, शुक्रबार
sakash

काठमाडाैं : कार्तिक २४ गते बाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्र ‘सकस’ काे पोस्टर सार्वजनिक भएकाे छ । आफ्नो प्रचार प्रसारलाई तीव्रता दिँदै चलचित्रको पोस्टर सार्वजनिक गरेको छ केही समय पहिले चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरी सकेको चलचित्रमा यथार्थ घटनालाई चित्रण गर्न खोजिएको छ।

sakash

राजधानीमा मौलाउँदै गएको गुण्डा गर्दीलाई मुख्य विषय बनाए निर्माण गरिएको यस चलचित्रलाई एन.वि मर्हजनले निर्देशन गरेका हुन् । प्रज्वल गिरीको धमकेदार अभिनय सँगै चलचित्रमा सुन्दर श्रेष्ठ,विल्सन विक्रम राई,महिमा सिलवाल,सुष्मा कार्की,बिजेन सिंह,रविन्द्र खड्का,श्याम राई लगायत कलाकारको मुख्य भूमिका रहेको यस चलचित्रको लेखन कार्य मौनता श्रेष्ठले गरेका हुन् । दोभान फिल्म्स प्रा.लिई को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको सकस का निर्माता सुन्दर श्रेष्ठ हुन्, त्यसै गरी सह निर्माताहरुमा सुवास भट्टराई र खगेन्द्र डाँगी रहेका छन् । यस चलचित्रको नृत्य निर्देशक र भी एफ एक्स् समीर मियाले गरेका हुन ।

चलचित्रमा हिमाल केसीको द्धन्द,कृष्ण श्रेष्ठको छायाङ्कन,चेतन सापकोटाको सङ्गीत रहेको छ। यस चलचित्रको पोस्टर हेर्दा नै प्रज्वल गिरीको दमदमर प्रस्तुति रहेको आकलन गर्न सकिन्छ । साथै साउथ लुक्समा प्रज्वल गिरिको दमदार एक्सन रहेको कुरा निर्देशक एन बि मर्हजनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७