किरण चेम्जोङ्गको टिमलाई आई लिग उपाधि


२५ फाल्गुन २०७४, शुक्रबार
k9KeVcj1

काठमाडौं, २५ फागुन : नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ (लिम्बू) आवद्ध मिनर्वा पञ्जाबले आई लिग फुटबलको उपाधि हात पारेको छ ।k9KeVcj1

बिहीबार भएको लिगको अन्तिम खेलमा चर्चिल ब्रदर्शलाई १–० ले हराउँदै मिनर्वा पञ्जाबले उपाधि हात पारेको हो । उसको जीतमा १५ औं मिनेटमा विलियन ओपोकूले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा चर्चिल ब्रदर्शका दावद सिसेको लामो प्रहारलाई किरणले असफल पारेका थिए । यो जीतसँगै मिनर्वा पञ्जाबले १८ खेलबाट ३५ अंकका साथ लिग टुंग्याएको छ । नेराको दोस्रो भयो भने नेपाली युवा फुटबलर बिलम घर्तीमगरको टिम मोहन बगान ३१ अंकसहित तेस्रो भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७