स्वर्गीय भनिएका भीसी लिम्बू ललितपुर-दमकतिर ठमठम


२५ फाल्गुन २०७४, शुक्रबार
vc Captain Rambahadur Limbu

-दीपेन्द्र राई
‘हामी उभिएको जमिनमुनि इन्डोनेसियाली सेना रहेछन्,’ भीसी रामबहादुर लिम्बूले निधार खुम्च्याउँदै आफूले लडेको दोस्रो विश्वयुद्ध सम्झे, ‘हामी र उनीहरू सय गज दूरीमा आमनेसामने थियौं । दुवैतर्फबाट फायर खोलियो । ‘गन वान्’ र ‘गन टु’ नामक मेरा सहयोद्धालाई गोली लाग्यो । ‘टु’ तत्काल ढले । ‘वान्’ चिच्याउँदै थिए । वास्तै नगरी शत्रुको प्रतिकार गर्दै गएँ । प्रतिकारक्रममा शत्रुलाई ताक्दै ३६ र ३७ नम्बरको ग्रिनेड फालें । एउटा ग्रिनेड जमिन खोस्रेको ठाउँबाट भित्र छिरेर पड्कँडा जमिनभित्र रहेका इन्डोनेसियाली सेना भागाभाग भए ।’ उनीहरू भागाभाग भएपछि भीसी लिम्बूले घाइते सहयोद्धा ‘गन वान्’ लाई सुरक्षित ठाउँमा पुर्याvc Captain Rambahadur Limbuए । घाइते सहयोद्धाले म बाँच्दिनँ, मलाई मारिहाल भन्दै पानी मागे पनि गोली लागेकाले लिम्बूले उनलाई पानी नदिई युद्धमा ज्यान गुमाएका ‘गन टु’ को शवसमेत ‘गन वान्’ राखिएको ठाउँसम्म पुर्याए । त्यतिन्जेलसम्म जीवित दुई सहयोद्धा युद्धमैदानमै थिए । ‘गन टु’ लाई सुरक्षित ठाउँमा पु¥याएपछि दुई सहयोद्धालाई समेत सुरक्षित ठाउँसम्म ल्याइपुर्याउँदा ‘गन वान्’ को मृत्यु भइसकेको थियो ।

शत्रुको आमनेसामने पुगेका पाँचमध्ये दुईले ज्यान गुमाए । तर, भीसी लिम्बूले फालेको दुई ग्रिनेडले २४ इन्डोनेसियाली सेनाको ज्यान गयो । उनले शत्रु पक्षका २४ जनालाई एक्लैले तह लगाउँदै बाँकीलाई युद्धमैदानबाट भगाए । यो सन् १९६५ नोभेम्बर १२ को कुरा हो । युद्ध भएको ठाउँ अहिलेको मलेसियाको सरवाक भन्ने ठाउँ हो । त्यतिबेला सरवाक इन्डोनेसिया र मलेसियाबीचमा रहेको थियो । सरवाकलाई मलेसिया र इन्डोनेसियाले आफ्ना कब्जामा पार्न चाहन्थे । त्यही विषयमा इन्डोनेसिया र मलेसियाबीच युद्ध चलेको थियो ।

लिम्बूले सरवाकको युद्धमा आफ्नो पक्षकालाई ठूलो क्षति हुन नदिई शत्रु पक्षका २४ जनालाई एकैचिहान बनाएर बहादुरी देखाएबापत बेलायत सरकारले उनलाई बेलायतको सबैभन्दा ठूलो युद्धपदक भिक्टोरिया क्रस ९भीसी० पदक दिएको थियो । अहिलेसम्म १३ गोर्खालीले भीसी पदक पाएका छन् । त्यसमध्ये भीसी रामबहादुर लिम्बू १३औं भीसी पदक पाउने व्यक्ति हुन् । उनीपछि अहिलेसम्म गोर्खालीले यो पदक पाएका छैनन् । भीसी पदक पाउने १३ मध्ये लिम्बू एकमात्र जीवित भीसी गोर्खाली हुन् ।

vc ram bdr limbu
क्याप्टेन उमेश पुनसँग रामबहादुर । 

सरवाक युद्धमा बहादुरी देखाए पनि लिम्बूलाई कसैले स्याबासी दिएनन् । उनले स्याबासी पाउन बहादुरी देखाएका पनि होइनन् । त्यहाँ बहादुरी देखाएबापत उनलाई भीसी पदक दिन रानी एलिजावेथ द्वितीय राजी भई सबै प्रक्रिया मिलाइसकेपछि मात्रै लिम्बू आफूले भीसी पदक पाउँदै छु भनेर चाल पाए । पंक्तिकारसँग एकसुरमा कुराकानी चलिरहेको बेला भीसी रामबहादुर लिम्बूले एकाएक उत्साहित हुँदै सुनाए, ‘भीसी गजे घले, गन्जु लामालगायतको इतिहास पढेको मैले आफैंले भीसी पदक पाउँदा त्योभन्दा खुसी हुने ठाउँ थिएन । मैले पनि घले र लामाले जस्तै बहादुरी त देखाएँ नै साथै इतिहास पनि बनाएँ ।’ सन् १९६६ जुलाई १२ मा रानी एलिजावेथ द्वितीयसँग हात मिलाउँदै भीसी पदक लिएको उनलाई अहिलेजस्तो लाग्छ । एलिजावेथ द्वितीयले लिम्बूको बहादुरीको कदर गर्दै ‘तिमीले सरवाकमा देखाएको बहादुरीबापत मैले यो भीसी पदक तिमीलाई दिँदै छु’ भनेको वाक्यसमेत उनको कानमा यदाकदा गुन्जेजस्तो लाग्छ ।
मलेसिया युद्धपछि उनी विभिन्न देश पुगे । उनी मलेसियाबाट सर्वप्रथम हङकङ पुगे । त्यहाँ युद्ध नभए पनि चीनबाट हङकङ जान चाहने चिनियाँ नागरिकलाई समात्दै चीनतिरै फर्काउनु उनको पल्टनको काम थियो । हङकङबाट उनी साइप्रस, बेलायत, अस्टे«लिया, बु्रुनाई, ग्रीस, सिंगापुर, न्युजिल्यान्ड, फ्रान्स र अफ्रिकासम्म पुगे । विभिन्न देश चहार्दै उनले बेलायती सेना भएर २८ वर्ष सेवा पूरा गरे । अवकाश पाउनसाथ उनी ब्रुनाई पुगे । सात वर्षसम्म ब्रुनाई सुल्तानको सुरक्षागार्डका रूपमा काम गरे ।
सन् १९५७ मा भर्ती भएका उनी दोस्रो विश्वयुद्धका जीवित साक्षीमध्ये एक हुन् । दोस्रो विश्वयुद्धका जीवित साक्षी औंलामा गन्न सकिने अवस्थामा छन् । गुरिल्लायुद्धदेखि दोस्रो विश्वयुद्धसम्म लडेका उनी ब्रुनाईबाट सोझै नेपाल फर्के । बेलायत सरकारले उच्च सम्मान दिँदै उनलाई बेलायत बसोबोसका लागि विशेष सुविधा दिए पनि उनी नेपालमै रमाउँदै आएका छन् । उनी पल्टनमै रहँदा उनको पुख्र्यौली थातथलो पाँचथरको च्याङ्थापुमा पुल बनाएका थिए । च्याङ्थापु गाउँ विकास समितिअन्तर्गत २ र ७ नम्बर वडावासीलाई खानेपानी व्यवस्था गरिदिए । अवकाशपछि पनि उनी समाजसेवामा त्यत्तिकै सक्रिय छन् । उनले विद्यालय भवन बनाउन आँगनकै तीन रोपनी जग्गा दिन सानो मन बनाएनन् । पल्टनबाट फर्केपछि समाजसेवामै रमाएका उनले पछिल्लो समय करिब पाँच किलोमिटर बाटो आफ्नै लगानीमा खनाए । पाँचथरको चाम्लिङडाँडा, महादेवस्थान, कोप्चेसम्मको बाटो खनाउन ११ लाख रुपैयाँ खर्च लाग्यो । उनले खनाएको सो बाटोलाई भीसीमार्ग भनेर नामकरण गरिएको छ ।

तीनपुस्ते लाहुरेखलक लिम्बूका बुवा टेकवीर लिम्बू पहिलो विश्वयुद्धका योद्धा थिए । टेकवीरका छोरा रामबहादुर दोस्रो विश्वयुद्ध लडे भने उनका दुई छोरा बेलायती सेनामै छन् । उनका नम्बरीमात्रै होइनन्, बेलायत सरकारले आवासीय भिसा व्यवस्था गरेपछि घरै रित्तो पारेर गोर्खाली बेलायत बसाइँ सरेका छन् । तर, उनलाई त्यहाँको सुख–सयलले तान्न सकेन । उनी कहिले वर्षमा दुईपटक नभए एकपटक बेलायत जाने गर्छन् । बेलायत सरकारले नै उनलाई बेलायत बोलाउँछ । भीसी पदक पाउनेजतिलाई वर्षमा एकपटक सरकारले बेलायत बोलाएर भेटघाट गराई सन्चो–बिसन्चो सोध्ने गर्छ । भिक्टोरिया क्रस एन्ड जर्ज क्रस एसोसिएसनको विशेष समारोहमा बेलायत पुगेकै हुन्छन् । भीसी पदक पाएबापत उनले पेन्सनबाहेक मासिक एक सय ५० पाउन्ड स्टर्लिङ पाउँदै आएका छन् । सन् १९३७ मा भिक्टोरिया क्रस स्थापना भएको हो ।Captain Rambahadur Limbu
९२ वर्षमा हिँड्दै गरेका भीसी लिम्बू तन्दरुस्तै देखिए पनि उनलाई उच्च रक्तचापले समातेको छ । औषधि खाएर रक्तचाप नियन्त्रणमा राखेका उनी वर्षमा ललितपुर र जाडोमा झापाको दमक पुग्छन् । पाँचथरको च्याङ्थापुसमेत जान छाडेका छैनन् । कुराकानी टुंग्याउन खोज्दै थिएँ । भीसी लिम्बूूले आफूसँग सम्बन्धित रोचक किस्सा सुन्न अनुरोध गरे, ‘कक्षा १० को सामाजिक शिक्षा किताबमा मलाई स्वर्गीय भीसी रामबहादुर लिम्बू भनेर उल्लेख गरेको रहेछ । थाहा पाउनबित्तिकै शिक्षा मन्त्रालयमा सिकायत गरें । गर्नसाथ माफी माग्दै उसले सच्याएको थियो ।’ जीवित मानिस सपनामा मृत्यु भएको देखिएमा उसको आयु बढ्छ भन्ने नेपाली मान्यता छ । त्यसो हो भने कक्षा १० को सामाजिक किताबमा जीवित मानिसलाई स्वर्गीय लेखेर भीसी रामबहादुर लिम्बूको आयु बढाइदिएकै हुन् त रु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७