तपाईमा छ यी सेक्स कला ?


२५ फाल्गुन २०७४, शुक्रबार

काठमाडौं, २५ फागुन : सेक्स प्राकृतिक आवश्यकता हो । पश्चिमाहरुले सेक्सबारे त्यति संकुचित छैनन जति हाम्रो जस्तो पूर्वीय सभ्यतामा छन् । हाम्रो समाजमा पति–पत्नीबीचको सेक्सलाई मात्रै स्वीकार गर्दछ ।

अन्यथा त्यसलाई अनैतिक मान्छन् । कतिपय अवस्थामा सेक्सका सामान्य ज्ञान समेत नजान्दा पतिपत्नी बिचमा असमझदारी बढ्दै पारपाचुकेसम्म भएका घटनाहरु पनि नघटेका भने होइनन् । सेक्स स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ तर सेक्समा आन्नद लिन सहि तरिका अपनाउनु जरुरी छ । अझ आफ्नो पहिलो सेक्सलाई जीवनभर अविश्मरणिय बनाउन केही सावधानी अपनाउनु अपरिहार्य छ ।

सेक्स गर्नु पूर्व सेक्सका विषयमा गफ गर्नु राम्रो हुनेछ । यसले सेक्स क्रियामा महत्वपूर्ण भूमिका खेल्नेछ । यसबाट तपाई सेक्सको भरपुर आन्नद लिन सक्नुहुनेछ । सेक्स एउटा कला पनि हो, कला प्रस्तुत गर्दा हतार नगरी एक अर्काको भावना बुझेर सेक्समा डुब्ने प्रयास गर्नुपर्छ । धेरै जसो पतिपत्नीमा पतिले सेक्सको प्रस्ताव राख्ने गर्दछन् तर तपाई यस्तो माहोल तयार गर्नुस कि उनी आफैले सेक्सको लागि प्रस्ताव गरुन् ।

सेक्सको असली मज्जा लिनको लागि पुरुषले फोर–प्ले (प्राक्क्रीडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, उनको शरीरका संवेदनशील अंगमा स्पर्श गर्ने, कानको पछाडि भाग छुने, ढाँडमा सुमसुमाउने लगायत यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई पुरै उत्तेजनामा ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु राम्रो हुन्छ । यहाँ यो बुझ्नु जरुरी छ कि कतिपय पुरुषहरु आफ्नो मात्र उत्तेजनाको ख्याल गरेर पत्निलाई सन्तुष्टी दिइरहेका हुँदैनन् ।

कतिपय मान्छेहरु सेक्स क्रिडा सकिएपछि तुरुन्तै अलग्गै हुने गर्दछन् । यसले पनि दाम्पत्य जीवनमा असर पार्दछ, तसर्थ सेक्सक्रिडा सकिएपछि पनि केही समय सँगै रहेर कुराकानी गर्नुपर्ने बिज्ञहरु बताउँछन् । राम्रो सेक्सका लागि तरिका मात्रै होइन, खानेकुरा, कसरत र पुर्ण निन्द्रालाई पनि ध्यान दिनुपर्ने हुन्छ । त्यसैले पौष्टिक आहार, दैनिक कसरत र गर्दै कलात्मक तरिकाले गरिने सेक्सबाट तपाई अनि तपाईको दाम्पत्य जीवन खुसी हुन सक्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७