बेहुली किन्न पाइने बजार


२५ फाल्गुन २०७४, शुक्रबार
market

काठमाण्डौं, २५ फागुन : बुल्गेरियाको स्तरा जागेरमा हरेक वर्ष बजार लाग्छ । यो बजार एकदमै अनौंठो किसिमको छ, त्यहाँ कुनै उपभोग्य बस्तुको बिक्री हुँदैन तर त्यो बजार एकदमै विशेष छ । त्यस बजारबाट केटाहरु आफुलाई उपयुक्त केटीलाई खरिद गरेर श्रीमती बनाउँछन् । यस प्रकारको बजार त्यस ठाउँमा वर्षको चार पटक लाग्ने गर्छ । यस्तो बजार त्यहाँका विपन्न वर्ग जो आफ्ना छोरीहरुको विवाहको खर्च उठाउन सक्दैनन् तिनीहरुले लगाउने गर्छन् । त्यहाँ हुने विवाहमा दाइजोको सट्टा बेहुलाको परिवारले नै बेहुलीको परिवारलाई पैसा दिने गर्छन् ।market

यी बजारहरुमा केटीहरुलाई बेहुलीको भेषमा सजाएर राखिन्छ । ती महिलाहरु सबै उमेरका हुन्छन् । बेहुली खरिद गर्नका लागि केटाहरु त्यहाँ आफ्नो परिवारसँग आउने गर्छन् । केटाले आफूलाई मन परेको बेहुली रोज्छ र उनीहरुलाई कुरा गर्ने मौका दिइन्छ । बेहुली मनपरेको खण्डमा केटीको परिवारलाई तोकिएको रकम दिनुपर्छ । बेहुली खरिद गर्ने परम्परा त्यहाँ गरिब परिवारहरुमा वर्षौंदेखि चल्दै आइरहेको छ । हालसम्म त्यसलाई कानुनले पनि रोक्न सकेको छैन । त्यहाँ बजार लगाउने विशेष कलाइदझी समुदायका गरिबहरु हुन् । त्यहाँ बेहुली खरिद गर्नका लागि बाहिरी समुदायका मानिसहरु आउन पाउँदैनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७