एनआईसी एसियाले भन्यो, ‘खुला बजार प्रतिस्पर्धाको अभ्यास विरुद्ध बैंकर्स संघ’


२५ फाल्गुन २०७४, शुक्रबार
NIC Asia

काठमाडौं, २५ फागुन :  नेपाल बैंकर्स एशोसिएशनले संगठित रुपमा गरेको निर्णयलाई ‘खुला बजार प्रतिस्पर्धाको अभ्यास बिरुद्ध’को कदम भनेको छ । ब्याजदर घटाउन नमानेकै कारण नेपाल बैंकर्स एशोसिएशनले एनआईसी एशियासँग अन्तर बैंक कारोबार रोक्ने निर्णय संविधान विपरीत कार्टेलिङ भएको एनआइसी एसिया बैंकको ठहर छ ।

ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेको थियो । बैंकका प्रमुख सुचना अधिकृत सुधीर पाण्डेले नेपाल बैंकर्स संघको निर्णय बारेमा आफूहरुले पनि मिडियाबाट थाहा पाएको बताए । उनले नयाँ पेजसँग भने,‘यदि नेपाल बैंकर्स संघले त्यस्तो निर्णय गरेको हो भने यो गलत हो । बैंकले व्याजदर बजारको माग, आवश्यकता र आपूर्तिको आधारमा निर्धारण गर्न सक्छ ।’  पाण्डेले ब्याजदरमा कडाई गर्ने अधिकार बैंकर्स एशोसिएशनसँग नभएको बताए । उनले भने, ‘ब्याजदरको सिमा तोक्ने जिम्मा नेपाल राष्ट्र बैंकसँग मात्रै भएकाले नेपाल बैंकर्स एशोसिएशनको निर्णय गलत छ ।’

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले खुला बजार अर्थतन्त्रमा सबैले स्वतन्त्र रुपमा कारोबार पाउने त्यसलाई कसैले पनि अबरुद्ध गर्न नहुने बताए । प्रमुख कार्यकारी अधिकृत न्यौपानेले व्याजदर तोक्ने निर्णय संघको नभएको बताए । उनले सञ्चार माध्यमहरुसँग भनेका छन्, ‘यो राष्ट्र बैंकले नियमन गर्ने विषय हो, यसले खराब अवस्था ल्याउने थियो भने उहाहरुले नै कडाई गर्ने अवस्था हुन्थ्यो ।’

NIC Asia
प्रमूख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने

बैंकर्स संघले नै एनआइसी एसिया बैंकसँग तत्काल कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै संघको यस्तो निर्णय गरेको हो । संघको यो निर्णयसँगै अब एनआईसी एशियाले तरलताको व्यवस्थापनका लागि राष्ट्र ब्यांकको भर पर्नुपर्नेछ । गत कात्तिकदेखि वाणिज्य ब्यांकहरुले लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) को समस्या भोगिरहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्ममा ५ खर्ब ८७ अर्ब २८ करोड अन्तरबैंक कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७