चीनमा भएको अल्ट्रा म्याराथनमा नेपालकी सुनमाया प्रथम


२६ फाल्गुन २०७४, शनिबार
sun maya buda

 

काठमाडाैं: नेपालकी सुनमाया बुढा चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा ९टीएचटी ५५ किलोमिटर म्याराथनमा प्रथम भएकी छन् ।sun maya buda

विभिन्न राष्ट्रका दुई सय ९३ जनाको सहभागिता रहेको उक्त म्याराथनमा उनी महिला समूहतर्फ पहिलो भएकी हुन् । उनले ५५ किलोमिटरको निर्धारित दूरी पाँच घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् । अल्ट्रा म्याराथन नेपाली समयअनुसार शुक्रबार बिहान सुरु भएको थियो ।म्याराथन वेनझी गुवाङ चाङ स्क्वायरबाट सुरु भई हेसुन ऐन्सेट टाउनमा पुगेर सकिएको थियो ।

प्रतियोगितामा निर्धारित दूरी सात घन्टा दुई मिनेट ४२ सेकेन्डमा पूरा गर्दै अमेरिकाकी मेरिडिथ एडवार्डस् दोस्रो र सात घन्टा ३६ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै चीनकी च्याङ पिङ फ्याङ तेस्रो भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७