मानव संवेदना र रोबर्ट
हेर्दाहेर्दै यहाँ मानव
संवेदना सकिएपछि
रोबर्टको रूप धारण गरी
सत्ता र शक्तिको नाममा
क्रुरुरताको एउटा जर्जरता
फैलाएर
रगतले लतपत्याउदै
मृत्युको उत्सव
मनाइरहेछ सिरिया
रोबर्ट रुपि हृदय बोकी
मानव संवेदना सकाएर
बर्साइरहेछ बम बारुद
र बालबालिकाहरू थामिरहेछ मृत्यु
हे भगवान् मानव संवेदना खै ?
खै आउँदै गरेको होलीको शुभकामना
कसरी इनबक्स गर्न सकेका होलान्
मेरा केही साथीहरू
तीन दिन देखिको बिरामी मस्तिष्कले
हेर्न सकिरहेको छैन कलिलो मृत्यु
दर्दनाक चीत्कार र अकल्पनीय पिडाहरू
बमको वर्षा
रगतको महासागर
मृत्युको सस्तो दस्ताबेज
उफ् शब्द विहीन छु म !!!
मृत्यु यति भयङ्कर भएर पनि
मृत्यु यति क्रूर भएर पनि
मृत्यु आज यति सस्तो
छैन म सँग कुनै संवेदनाको शब्दहरू
छैन म सँग कुनै मृत्यु रोक्ने यन्त्र हरू
र छैन म सँग कलिलो शरीर लाई दिने
श्रद्धाञ्जलीको आभास
साच्चिकै म आवाज विहीन छु शब्द विहीन छु !!!
खै कसरी हेर्न सक्नु
कलिलो मस्तिष्कले मृत्यु थामिरहेको
जताततै-जताततै लास को थुप्रोहरूमा
निर्दोष बालबालिका हरू
अनि जहितही
रगतले रङिएर रोइरहेको आवाज
शब्द विहीन छु केही दिन यता म
आवाज विहीन छु म केही दिन यता
ए मृत्यु
यदि सक्छौ तिमीले
न्याय गर्न सक्नुपर्छ
निर्दोष बालबालिका हरुको
अनकन्टार मृत्यु लाई रोकेर
त्यो कठोर र मानवता सकिएको
ती हात हरूलाई मृत्यु देऊ
जसले बर्षाउदै छ निर्दोष माथि बम बारुद
रोबर्ट रुपि मानव भएर
यदि मान्छे हुँदो हो त यदि संवेदना हुँदो हो त
मुस्कुराउदैन थियो होला कलिलो मृत्यु हेर्दै
खै कहाँ हुनु भगवान्
यदि भगवान् नै हुनु हो भने
भगवान् हरेकै मृत्यु स्वीकार हुँदैन थियो
कलिलो मस्तिष्कमा भगवान् हुन्छ भन्ने हरू
ए अल्ला तिमी छौ भन्ने मलाई विश्वास रहेन
तिम्रै बस्तीमा यसरी कलिलो फुल हरूले
भकाभक मृत्यु संगालेपछी
तिम्रो मस्जिदको अब के अस्तित्व रह्यो ररुरुरु
मलाई लाग्छ मृत्यु यति सस्तो हुनुहुँदैन
र मानवता नै नाश हुने मान्छे रुपि रोबर्ट
यहाँ अब आविष्कार हुनुहुँदैन
शक्ति सत्ता र लालचको नाम मा
मान्छे र मानवता
खै कसरी रोबर्ट हुन सकेको !!!
Photo; Keshab Thoker/Nagarik/republica