कलाकार रोमा न्यौपाने जेल चलान


२७ फाल्गुन २०७४, आईतवार
roma

काठमाडौं: कलाकार रोमा न्यौपाने जेल चलान भएकी छिन् । उनलाई जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनी जेल चलान गरेकाे हाे ।

roma
कलाकार राेमा न्याैपाने

एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार न्यौपाने केन्द्रीय कारागारमा चलान भएकी छिन् । उनीहरूलाई भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज ‘भीएडी’ नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौँ रुपैयाँ ठगी गरेका थिए । उनीहरूलाई अदालतले ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनका पति पक्राउ परे पनि रोमा भने फरार थिइन् ।

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख बिगो जरिवानाको फैसला सुनाएको थियो । रोमालाई २०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो । यसअघि २४ फागुनमा रोमालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७