राष्ट्रपतिलाई विवादमा ल्याउने देउवाको प्रयास


२८ आश्विन २०७४, शनिबार
president of nepal

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा आज पत्र पठाएका छन् । प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता विपरीत सरकार विस्तार गरी राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथका लागि पत्र पठाएका हुन् ।
प्रधानमन्त्री  देउवाको यो पत्रचारसँगै राष्ट्रपति कार्यालय अप्ठ्यारोमा परेको छ । सरकार विस्तार निर्वाचन आचारसंहिताको उल्लंघन हो । तर, प्रधानमन्त्री देउवाले नयाँ मन्त्रीहरुको शपथग्रहणको लागि पत्र पठाएका छन् ।  निर्वाचन आयोग जस्तो सबैधानिक अंगले यो कामलाई बन्देज लगाएको छ । यसरी सबैधानिक आयोगले नगर्न भनेको काम गर्न पत्रकार गरेर प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास गरेका हुन् । मन्त्री परिषद् बिस्तार मात्रै होइन मन्त्रीहरुको शपथ समेत आचार संहिता विपरित हुन्छ ।

president of nepal

राष्ट्रपतिले मन्त्रिमण्डल विस्तारबारे परामर्श गर्ने
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरेकाे सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्ने भएकी छिन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गरेको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो । कतिपय सञ्चारमाध्यममा शनिबार नै नयाँ मन्त्रीहरुको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७