यसरी भएको थियो विमान दुर्घटना


२८ फाल्गुन २०७४, सोमबार
DYFT009XcAEzQY5

काठमाण्डौं, २८ फागुन : युएस बंगला दुर्घटना हुँदा हालसम्म ३६ जनाको मृत्यु भईसकेको पुष्टि भएको छ । हालसम्मकै ठूलो मानिएको विमान दुर्घटना के कारणले भएको हो भन्नेबारे अहिले सबैमा खुल्दुली बढेको छ । प्रारम्भिक अनुसन्धानबाट विमानस्थल र विमान चालक दलबीचको कुरा बुझाबुझमा बमजोरी हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकै भनाईमा यसरी भएको थियो दुर्घटना :

plane crash Nepal 49 confirmed dead 31 1

– विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो ।
– यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो ।
– पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे ।
– गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलले ‘केही समस्या छ भनेर सोध्यो ?’
– त्यसपछि विमान आकाशमा नै दुई फन्को लगायो ।
– फेरि टावरले ‘आर यु ओके ?’ भनेर सोध्यो ।
– पाइलटले ‘वि आर ओके’ भन्यो ।
– तर, पनि विमानको अलाइन्मेन्ट मिलेको थिएन ।
– त्यसपछि जिरो टुबाट ल्याण्ड गराइयो ।
– विमान नेपाली सेनाको ह्याङ्गर नजिकबाट चिप्लिएर धवनमार्ग बाहिर गयो ।
– त्यहाँ पार्किङ गरिएका विमानलाई केही भएन ।
– तार भत्काउँदै खाल्डोमा गयो ।

– हामी विमानको गलत अवतरणमा स्टान्डबाई थियौँ ।
– तत्कार उद्दार शुरु भयो ।
– साढे चार बजेसम्म उपचारका लागि अस्पताल पठाइएका २५ जना मध्ये ८ जनाको मृत्यु भएको छ । दुई जना सामान्य उपचारपछि घर गए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७