रोहित र सोमपालको साझेदारीसँगै नेपालले हङकङलाई हरायो


२८ फाल्गुन २०७४, सोमबार
nepal criekt

काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलको हङकङविरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले ४१ ओभरमा १५५ रन बनाउँदे पाँच विकेटले हरायाे ।  हङकङले जितका लागि नेपाललाई १५४ रनको लक्ष्य दिएका थिए ।

नेपालले रनरेटमा माथि रहँदे चौथो स्थानमा रहेको छ । अब नेपालले एकदिवसीय मान्यता पाउने बाटो खुलेको छ  ।नेपाल रहेको समुहबाट जिम्बावे, स्कटल्याण्ड समान ७ अंकसाथ सुपर सिक्समा पुगेको छ । भने अफगानिस्तान रनरेट अघि रँहदै सुपर सिक्समा पुगेकाे छ ।

nepal criekt
नेपालका महत्वपूर्ण साझेदारी गरेको सोमपाल कामीले ३७ रन र रोहित कुमार पौडेल ४८ रन बनाए ।  नेपालका लागि अनिल कुमार शाह २६ रन बनाएर आउट भए । ज्ञानेन्द्र मल्लले १२ रन आउट भएका छन् । उनीहरु दुबैलाई अजिज खानले आउट गरेको हो ।

यस्तै नेपालको कप्तान पारस खड्का ११ रन बनाएर आउट भएको छन् । उनलाई तानवीर अफजल आउट गरेका हुन् । आरिफ शेख २ रन र दीपेन्द्र सिहं ऐर १२ रन लाई इन्सान खानले आउट गरे ।

नेपालका लागि अन्तिम दुई विकेट करण केसीले लिए । उनले इन्सान नवाजलाई १३ रनमा नौं विकेट र इसान खानलाई २१ रनमा आउट गरे भने हङकङका नदिम अहमद ३ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । उनले आठौं विकेटमा अजिज खानलाई ३३.४ ओभमा ३ रन, १४.३ ओभरमा साहिद वासिफलाई १ रनमा चौथो विकेटको रुपमा र १२.४ ओभरको तेस्रो विकेटको रुपमा आइसमान रथलाई १ रनमा आउट गरेका थिए ।

याे पनि हेर्नुहाेस्
नेपालले १०० रन कटायाे, क्रिजमा राेहित र साेमपाल
युएस विमान दुर्घटना : यी ११ जनाले पाए पुनर्जीवन (नामसहित)
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्याे
यसरी भएको थियो विमान दुर्घटना
तस्विरमा युएस बंगला विमान दुर्घटना
दुर्घटनाग्रस्त युएस बंगला जहाजमा ३१ नेपाली
अस्पतालमा छोरी श्वेता खेज्दै उर्मिला
‘भगवानले बचाए’, बसन्त बोहरा

यसैगरी नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए । उनले सातौं विकेटको रुपमा तानविर अफजललाई १० रनमा ३०.४ ओभरमा आउट गरे । उनले नेपाललाई पहिलो विकेट दिलाएका थिए । उनले ९ रनमा खेलिरहेका क्रिस्टोफर कार्टरलाई बोल्ड पारे ।

यसैगरी ललित नायरण राजवशीले छैटों विकेटको रुपमा निजाकत खानको महत्वपूर्ण विकेट लिए । उनले २९.४ बलमा ४७ रनमा कप्तान पारस खड्काद्धारा क्याच गराए ।

नेपालका लागी दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेट लिए । उनले २२ ओभरको तेस्रो बलमा ३ रनमा आउट गरेका हुन् । भने नेपालका सोमपालले हङकङका कप्तान बाबर हायातलाई कट एण्ड बोल्ड पारे । बाबर २० रनमा आउट भए ।
टस हारेको नेपालले पहिले बलिङ गरेको हो । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना जीवित रहेको नेपाललाई आज जसरी पनि जितको आवश्यक छ । जितमा मात्र नभई फराकिलो रनरेटले जित्नु पर्नेछ ।

नेपालले हङकङलाई १५० रनमा रोक्न सफल भएमा नेपालले सो लक्ष्य ४ ओभर १ बल भित्र पछ्याउनु पर्ने छ । त्यस्तै लक्ष्य २०० पाएमा नेपालले सुपर सिक्समा प्रवेश हुन ५ ओभर ३ बल भित्र खेल जित्नु पर्छ ।

नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित हुन पुग्यो । शनिबार खेलिएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७