यस्तो छ विमान दुर्घटना हुनु अघि कन्ट्रोल रुम-पाइलटबीचको संवाद (अडियाेसहित)


२८ फाल्गुन २०७४, सोमबार
plane crash Nepal 49 confirmed dead 31 1
a+unf ljdfg b’3{6gf a+unfb]zaf6 sf7df8f}F cfPsf] o’P; a+unf ljdfg ;f]daf/ lbpF;f] !$M@) ah] lqe’jg cGt/f{l{i6«o ljdfg:yndf cjt/0fsf qmddf b’3{6gfdf k/L cfunfuL ePkl5 ofq’x?sf] p4f/sf] k|of; x’Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं: सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६७ यात्रुसहित ४ जना विमान चालक दलका सदस्य सवार विमान अवतारण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । विमान दुर्घटनामा परी ५० को मृत्यु भएका छन् । भने २१ जना घाइते भएका छन् । मृत्यु भएको सबैको पहिचान भैसेका छेनन् र घाइतेहरूको काठमाडौँ विभिन्न अपस्तालमा उपचार भैरहेका छन् ।

plane crash Nepal 49 confirmed dead 31

 

यसैबिच युएस बङ्गला एयरलाइन्सको जहाज दुर्घटना अघि पाइलट र एयर ट्राफिक कन्ट्रोल (एटीसी) बिच भएको सम्वाद सार्वजनिक भएको छ । सम्वादमा ‘जिरो२’ र ‘२ जिरो’ मध्ये कुन ठाउँबाट विमान अवतरण गर्ने विषयमा लामै सम्बाद भएको छ ।

यस्तो छ कन्ट्रोल रुम र पाइलटबिच भएको सम्वाद
कन्ट्रोल रुमः वांगला स्टार २११ । म फेरि भन्छु, रन वे २ जिरो तिर नजानुस् । अहिले जुन पोसिजनमा छ, त्यहीँ रहनुस् ।
पाइलट: ओके हामी दायाँ फन्को लिँदैछौं । रन वे ० २ तर्फ हेर्दैछौं ।
कन्ट्रोल रुमः ठिक छ तर, तुरुन्तै अवतरण नगर्नुस् । छोटो रन वे प्रयोग गर्ने ट्राफिक (जहाज) त्यहाँ छ ।
‘बुद्ध एयर ३५२ एक छिन होल्ड गर्नुस् ।

यसैबिच कन्ट्रोल रुमका कर्मचारीहरूको आन्तरिक सम्वाद सुनिन्छ (यो जिरो टू र टू जिरोमा अलमलिए जस्तो छ । यति एयरलाइन्सका पाइलट रमेश श्रेष्ठले यो सम्वाद सुनिरहेका थिए र विमानलाई पनि नियालिरहेका थिए, त्यहाँ उनले भनेको सुनिन्छ( यो कतातिर जाला जस्तो छ । यसलाई राडर भेक्टर प्रयोग गरेर ठाउँमा ल्याउनुपर्छ जस्तो छ । डाँडाकाँडामा भिजिविलिटी राम्रो छैन । (राडर भेक्टर प्रयोगका लागि पाइलटले माग गर्नुपर्छ र कन्ट्रोलले आवश्यक निर्देशन दिएर अवतरण गराउँछ )

कन्ट्रोलले जवाफ हुन्छ सर

कन्ट्रोल रुमः वांगला स्टार २११ । रनवे ल्याण्डका लागि तयार छ । रन वे जिरो टू र टू जिरो दुवै उपलब्ध छ । कुनमा गर्ने ?
पाइलट: यस सर हामी टू जिरोमा अवतरण गर्न चाहन्छौँ ।
कन्ट्रोल रुमः हुन्छ रेन वे टू जिरोमा ल्याण्ड गर्नुस् ।
पाइलट: हुन्छ । अवतरणको प्रयास गर्छौँ ।

(केहीबेर कुनै सम्वाद हुँदैन । फेरि कन्ट्रोलरुममा सम्वाद हुन्छ( जिरो टू मा गयो जस्तो छ ।)

कन्ट्रोल रुमः वांगला स्टार २११ । तपाईँले रनवेलाई देखिराख्नुभएको छ ? कन्र्फम गर्नुस् ।
पाइलट: अहँ छैन ।
कन्ट्रोल रुमः वांगला स्टार २११, दायाँ मोडिनुस् । ‘. रनवे अझै देख्नुभएको छैन ?
पाइलट: रन वे देख्यौँ । अवतरण गर्ने अनुमति दिनुस् ।
कन्ट्रोल रुमः वांगला स्टार २११, अवतरण गर्नुस् ।
पाइलट: रन वे जिरो टू
कन्ट्रोल रुमः रन वे जिरो टू मा अवतरण गर्नुस् ।
कन्ट्रोल रुमः आर्मी ५-३ ! बङ्गला स्टार २११ ले रनवेको फन्को मारिरहेको छ, एक छिन होल्ड गर्नुस् । अहिलेको पोजिसनमा एक छिन होल्ड गर्न सक्नुहुन्छ ?
आर्मी ५३( हुन्छ ।
(कन्ट्रोलले लगत्तै आर्मी ५-३ ले होल्ड गरिरहेको जानकारी दिन्छ ।)
कन्ट्रोल रुम: ९ लामा ट्यांगो ! अहिलेकै स्थानमा बसिरहनुस् ।
पाइलट: सर, हामीलाई अवतरण गर्ने अनुमति छ ?
(केहीबेर सम्वाद सुनिँदैन, एक्कासि कन्ट्रोलले चेतावनी दिन्छ)
कन्ट्रोल रुमः वांगला स्टार २११, म फेरि भन्छु, त्यसो नगर्नुस् ।

कन्ट्रोल रुममा आवाज आउँछ फायर ! फायर !

त्यसपछि लगातार केही आवाज आउँछ तर कुनै सम्वाद छैन । कन्ट्रोलले सिम्रिक १(० लाई होल्ड गर्न भन्छ । त्यसबिचमा कन्ट्रोलको अरू विमानसँग सम्वाद हुन्छ । कुनै विमानले के छ भनेर सोध्छ, रन वे बन्द छ भन्ने भन्ने जवाफ आउँछ । त्यसैबीचमा विमानस्थल नै बन्द भएको सूचना आउँछ । बङ्गला विमानका पाइलटसँग कुनै सम्वाद हुँदैन ।

दक्षिणकाली क्षेत्रमा होल्ड भइरहेको विमानले अवतरणका लागि अनुमति माग्छ । कन्ट्रोलले रन वाको पश्चिमतिर रहन र एक माइल टाढा रहँदा फेरि खबर गर्न भन्छ । केहीबेरमै कन्ट्रोलले लामा ट्याङ्गो र आर्मी ५-३ लाई रनवे २ जिरोमा अवतरण गर्न अनुमति दिन्छ । कन्ट्रोलले बुद्ध, यति र सौर्य एयरका विमानलाई अहिलेकै अवस्थामा रहन र इन्जिन बन्द गर्न निर्देशन दिन्छ । त्यसबिचमा कन्ट्रोललाई कसैले सोध्छ( यो कुन विमान हो ? जवाफ आउँछ विमान बङ्गला ।

यसबिचमा होल्डमा रहेको विमान आर्मी ५(३ ले २ जिरोमा अवतरण गर्ने अनुमति पाउँछ ।
कन्ट्रोलले होल्डमा रहेका विमानहरूलाई एयरपोर्ट बन्द रहेको भन्दै लखनउ वा बनारस जान भन्छ । विमान दुर्घटना भएका कारण बन्द भएको जानकारी गराउँछ ।
बङ्गला विमानको टावरसँग सम्वाद नभएको झन्डै १२ मिनेटपछि कन्ट्रोलले विमान दुर्घटना भएको जानकारी गराउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७