नेपालले हङकङलाई हराउँदा अफगानिस्तानमा खुसी


२८ फाल्गुन २०७४, सोमबार
Afghanistan fans

काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलको हङकङलाई नेपालले हराउँदा अफगानिस्तानलाई फाइदा भएको छ । आफनो महत्वपूर्ण खेलाडि विना समुह चरणकाे खेल खेलेका अफगानिस्तान समुह चरणमा नेपाललार्इ मात्र जित्न सक्याे ।  यदी नेपाल हारेको खण्डमा टेष्ट मान्यतासम्म पाएको अफगानिस्तान सुपर सिक्समा जान बन्चित हुने थियो ।  नेपालले जितेकाे र नेपाललार्इ जितेकै कारण अफगानी टोली सुपर सिक्समा पुगेको छ ।

अफगानिस्तानका नियमित कप्तान अस्घर स्टानिक्जाईले एपेन्डिक्सका कारण खेल गुमाए थिए भने जिम्बावे विरुद्धको खेलमा अभद्र व्यवहार देखाएका विकेटकिपर ब्याट्सम्यान मोहमद शेहजाद पनि दुई खेलको प्रतिबन्धमा थिए ।

ICC Cricket World Cup Qualifier ICC Trophy

नेपालसँग हारेको हङकङ समुहको अन्तिममा परेको छ । हङकङले अफगानिस्तानलाई हराएको थियो । नेपालले रनरेटमा माथि रहँदे चौथो स्थानमा रहेको छ । अब नेपालले एकदिवसीय मान्यता पाउने बाटो खुलेको छ ।
नेपाल रहेको समुहबाट जिम्बावे र स्कटल्याण्ड समान ७ अंकसाथ सुपर सिक्समा पुगेको छ ।

याे पनि पढ्नुहाेस्
रोहित र सोमपालको साझेदारीसँगै नेपालले हङकङलाई हरायो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७