युएस बंगाल विमान दुर्घटना : २४ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (सुचीसहित)


२८ फाल्गुन २०७४, सोमबार
plane crash Nepal 49 confirmed dead

काठमाडौँ, २८ फागुन  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।  उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको  उक्त विमान दिउँसो २ः १८ बजे  विमान अवतरणका क्रममा दुर्घटना भएको थियो ।

plane crash Nepal 49 confirmed dead

बिएस २११ ‘कल साइन’ काे बंगलादेश एयरलाइन्सको विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए ।

विमानस्थल प्रशासनका अनुसार विमानमा ३३ नेपालीसहित बंगलादेशका ३२, माल्दिभ्सका एक र चीनको एक तथा चालक दलका तीन सदस्य थिए विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् । चालक दलका ४ सदस्य थिए ।

विमानमा सवार ३३ नेपाली मध्ये २२ जनाको निधन भएको छ । १९ जना घाइते भएका र ३ जना सम्पर्कविहीन भएको बताइए पनि राति अबेरसम्म अधिकांश मृतकहरुको सनाखत भइसकेको छैन ।

काठमाडौं मेडिकल कलेजले त्यहाँ पुर्‍याइएका मध्ये ८ जनालाई मृत घोषणा गरेको थियो, जसमा हरिशंकर पौडेल, राकिबुल हुसैन, प्रिथुला रसिद, प्रवीण चित्रकार, सजना देवकोटा र खवाज हुसैन छन् । केएमसीमा रहेका दुईवटा शवको सनाखत हुन नसकेको अस्पतालले जनाएको छ । त्यसैगरी शिक्षण अस्पतालमा पनि एकजना मृतक रहेको अस्पताल स्रोतले जनाएको छ ।

मृत्यु हुने  नेपाली नागरिकहरूमा  शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादव छन् ।

सदस्यीय जाँचबुझ आयोग गठन
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ बसेको  मन्त्रिपरिषद्को बैठकले आज भएको युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ । बैठकले  आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने  रहेका छन् ।
यस्तै जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको बताए । बैठकले सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारणा गर्न आग्रह गर्दै उद्धारमा खटिएका नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, चिकित्सक र अन्य सबैप्रति आभार प्रकट गरेको छ ।

हवाई दुर्घटना दोहोरिन नदिने :  प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु लिएर काठमाडौंँ आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली÷बंगलादेशीलगायत सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले  शोक वक्तव्य जारी गरी शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुर्घटनामा घाइते भएका यात्रुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।

उनले त्रासदीपूर्र्ण दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गरेको  बताएकाे छ । उनले   यस्ता प्रकृतिका घटना दोहोरिन नदिन उपाय खोजिने बताएका छन् ।  दुर्घटनामा परेका यात्रुको शीघ्र उद्धारमा तदारुकताका साथ घटनास्थलमा खटिएका नेपाली सेनालगायत सुरक्षा निकाय, नेपाल नागरिक उड्ययन प्राधिकरण, दमकल, एम्बुलेन्स तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका राष्ट्रसेवक कर्मचारीसहित घाइतेको उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्यकर्मीप्रति उनले धन्यवाद व्यक्त गरे ।

उद्धारमा ७०० सैनिक परिचालन

नेपाली सेनाले युएस बङ्लाको यात्रुवाहक विमान दुर्घटनापछि उद्धारका लागि करिब ७०० सैनिक टोली परिचालन गरेको जनाएको छ ।
दुर्घटना भएको खबर प्राप्त हुनासाथ श्री सैनिक हवाई महानिर्देशनालय, श्री नं १४ वाहिनी अड्डा, श्री कालीप्रसाद गण (ई), श्री इओडी होल्डिङ युनिट तथा उपत्यका पृतना हेक्वा मातहतबाट सैनिक उद्धारमा खटाएको सैनिक जनसम्पर्क एवं सूचना निर्देशनालयले जनाएको छ ।

 

 उपचाररत यात्रु

केशव पाण्डे, नेपाली, मेडिसिटी अस्पताल नख्खु,
दिनेश हुमागाईँ, नेपाली न्यूरो अस्पताल बाँसबारी
दयाराम ताम्राकार नेपाली ग्राण्डी अस्पताल टोखा
किशोर त्रिपाठी, नेपाली, ग्राण्डी अस्पताल
हरिप्रसाद सुवेदी, नेपाली, ग्राण्डी अस्पताल
विनोद पौडेल, नेपाली, ग्राण्डी अस्पताल,
सन्त बोहरा, नेपाली, नर्भिक अस्पताल थापाथली
आशिष रञ्जित नेपाली, नर्भिक
सनम शाक्य, नेपाली, नर्भिक
नाम नखुलेका बंगाली नर्भिक,
मोहमद रजुल्लाह सकिल
इन्द्रना कविर विदेशी केएमसी अस्पताल, सिनामङ्गल
पिंकी धामी, नेपाली, केएमसी अस्पताल
समिना व्यञ्जनकार, नेपाली, केएमसी अस्पताल,
कबिर हुसेन, विदेशी, केएमसी अस्पताल,
शहीद हुसेन, विदेशी, केएमसी अस्पताल,
मेहेन्दी हसन, विदेशी, केएमसी अस्पताल,
रिजना अब्दुल्लाहा, विदेशी, केएमसी अस्पताल,
डा.  इजना विदेशी, केएमसी अस्पताल,
श्रहना, विदेशी, केएमसी अस्पताल,
सहरिन अहमद, विदेशी, केएमसी अस्पताल र
महमद सहिम, विदेशी

विमान सवार यात्रु

नेपाल
शिला बजगाईं
अल्जिना बराल
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रवीण चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशङ्कर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा बालकृष्ण थापा
श्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

बंगलादेश
फैसल महम्मद, शहरिन अहमद, इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चीन
झ्याङ मिङ

माल्दिभ्स
रिजाना अब्दुल्ला

चालक दल
पृथुला रसिद (पाइलट)
ख्वजा हुसेन
रकिबुल हुसेन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७