विमान दुर्घटनाको प्रारम्भिक रहस्य खुल्यो


२९ फाल्गुन २०७४, मंगलवार
plane crash Nepal 49 confirmed dead 15
a+unfb]zaf6 sf7df8f} cfPsf] o’o; a+ufn ljdfg ;f]daf/ !$ @) ah] lqe’jg cGt/f{li6«o ljdfg:yndf cat/0fsf s|ddf b’3{6gfdf k/L cfunfuL ePkl5 p4f/sf] k|of; x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, २८ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले आज अपराह्न भएको युएस बंगला विमान दुर्घटना भएको खुलेको छ ।

plane crash Nepal 49 confirmed dead 15

क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन ।
जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएको थियो । युएस बङ्गला विमान दुर्घटनामा हालसम्म चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको क्यान, त्रिभुवन अन्तर्रा्ष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले पत्रकार सम्मेलन गरी जनाएको छ ।
काठमाडौँ मेडिकल कलेज सिनामंगलमा प्रिन्स धानी र सविना व्यन्जनकार, बंगलादेशी इमरान कविर, कविर हुसेन, रसिद हसन, निहेवी हसन, रजीन अब्दुल, डा इरजन, एसएचडब्लु ओरएन र सरीन अमितको उपचार भइरहेको छ । त्यस्तै ग्रान्डी अस्पतालमा नेपाली किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारको तथा न्यूरो अस्पतालमा दिनेश हुनमागाईंको उपचार भइरहेको छ । त्यसैगरी मेडिसिटी अस्पतालमा केशव पाण्डे तथा नर्भिक अस्पतालमा विनोद पौडेल, वसन्त बोहरा, आशिष रञ्जित, सोनम शाक्यको उपचार भइरहेको छ । ओम अस्पतालमा भने बंगलादेशी राजवान हक्रुको उपचार भइरहेको छ ।

याे पनि पढ्नुहाेस्
युएस बंगाल विमान दुर्घटना : २४ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (सुचीसहित)
यस्तो छ विमान दुर्घटना हुनु अघि कन्ट्रोल रुम-पाइलटबीचको संवाद (अडियाेसहित)
यसरी भएको थियो विमान दुर्घटना
हृदयविदारक विमान दुर्घटनाका ३० तस्बिर

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७