विश्व ध्वस्त पार्ने पुटिनको चेतावनी, भने, ‘रसिया नै नरहे किन चाहियो विश्व ?’


२९ फाल्गुन २०७४, मंगलवार
putinn

काठमाडौं, २९ फागुन : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि रसियामाथि कुनै खतराको निम्तिने अवस्था आए आफूले सहेर नबस्ने बरु आणविक हतियार प्रयोग गरी विश्व ध्वस्त गरिदिने चेतावनी दिएका छन् ।putinn

रसियालाई कसैले आणविक क्षेप्यास्त्रको खतरा महसुस गराएको अवस्थामा आफूले सेनालाई सो आदेश दिन सक्ने रसियाको सरकारी टेलिभिजनबाट प्रशारित कार्यक्रममा पुटिनले बताएका छन् । उनले वल्र्ड अर्डर २०१८ का आयोजकलाई यदि कसैबाट रसिया ध्वस्त पार्ने निर्णय भएको खण्डमा जवाफी कार्बाहीका रूपमा रसियाले पनि आणविक हतियार प्रयोग गरी विश्व नै ध्वस्त पार्ने कानुनी अधिकार रसियासँग पनि रहेको बताएका छन् । पुटिनले यद्यपी सहज परिस्थितिमा यो नगरिने तर, हाल पश्चिम जगतसँग आणविक तनाव निकै बढिरहेको वर्तमान परिप्रेक्षमा पुटिनले रसियाको अस्तित्व नै खतरामा पुगेको अवस्थामा मात्र आफूले सो कदम चाल्ने बताएका छन् ।

पुटिनले भनेका छन्–‘मानव जगतका लागि यो विश्वव्यापी विध्वंश नै हुन सक्छ, तर, म एक रुसी नागरिक र रसियाको राष्ट्राध्यक्षको हैसियतले तपाईंहरूलाई सोध्न चाहन्छु–‘यदि विश्वमा रसिया नै छैन भने हामीलाई विश्वको आवश्यकता नै किन रह्यो ?’ गत केहि महिनादेखि रसिया र अमेरिकाबीच सैनिक शक्ति र आणविक हतियारको होडबाजीपछि पुटिनको यस्तो प्रतिक्रिया बाहिर आएको हो । यसैबीच रसियाले एकै प्रहारमा पूरा राष्ट्र ध्वस्त पार्न सक्ने तथा १० थर्मो आणविक हतियार बोक्न सक्षम ‘सटान–२’ क्षेप्यास्त्रको काम थाल्न तयार रहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७