विवेकशील साझाले राष्ट्रपति चुनावमा मतदान नगर्ने


२९ फाल्गुन २०७४, मंगलवार
Bibeksil Sajha Party onlinepana

काठमाडौँ, २९ फागुन । विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले आज विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । Bibeksil Sajha Party onlinepana

प्रदेश नं ३ प्रदेशसभामा पार्टीका तीनजना सदस्य समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वा्चित भएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा तय गर्न पार्टीले प्रदेशसभा संसदीय दल प्रदेश नं ३ लाई अधिकार प्रत्यायोजन गरेको थियो । संसदीय दलको सोमबार बसेको बैठकले दुवै निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो ।

पार्टी प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिका पक्षमा रहेको छ । संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष र दलीय आग्रहभन्दा माथि हुनु पर्नेमा कतिपय निर्णय पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रष्टै देखिने गरेको वक्तव्यमा उल्लेख छ ।

प्रमुख दल र तिनका गठबन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यसभित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको आरोप विवेकशीलको छ ।

अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारलाई हेर्दा जोसुकै विजयी भए पनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको नेता पौडेलको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७