राष्ट्रपति निर्वाचनमा जे देखियो (फोटोफिचर)


२९ फाल्गुन २०७४, मंगलवार
Nepal presidnet election

काठमाडौं, २९ फागुन । नेपालको तेस्रो राष्ट्रपतिका लागि मतदान संघीय सांसद भवन बानेश्वरमा भइरहेको छ । संघीय सांसदले भने पहिलो पल्ट राष्ट्रपति चुन्दैछ । नेपालको संविधान जारी भएर पहिलो पल्ट संघीय संरचना अनुसारको प्रदेश सांसद र संघीय सांसद सदस्यहरुले मतदान गरिरहेका छन् ।Nepal presidnet election

निर्वाचन आयोगको प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता हुन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ । ८८० जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ। राष्ट्रपतिमा बहुमतसहित निर्वा्िचत हुन २६ हजार २ सय ५१ मतभार आवश्यक पर्छ ।

राष्ट्रपतिका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसबाट उम्मेदवारी दिएकी कुमारी लक्ष्मी राईबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । बिहान १० बजेबाट संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको निर्वाचन दिउँसो ३ बजे सकिन्नेछ ।

Kp oli 2
प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्दै ।
Puspa kamal dahal prachand

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  निर्वाचनमा मतदान गर्दै ।
sher bahadur deuwa

 निर्वाचनमा मतदान गर्दै नेपाली काँग्रसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा ।
madhav kumar nepal
मतदान गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
sanu kumar sakya
निर्वाचनमा मतदान गर्न लामबद्ध प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ अन्य सांसद ।
president election 4
निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता ।
president election 3
निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता ।
lalbabu pandit
मतदान गर्दै जनसङख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित ।
onsari gharti magar
मतदान गर्दै पूर्व सभामुख अाेनसरी घर्ती मगर ।
subash nembahang
मतदान गर्दै  पूर्व सभामुख सुवास नेम्बाहाङ ।
gagan thapa
मतदान गर्दै  नेता गगन थापा ।
laxman lal karna
निर्वाचनमा मतदान गर्दै सांसद लक्ष्मणलाल कर्ण ।
mahesh basnet
निर्वाचनमा मतदान गर्दै सांसद महेश बस्नेत ।
president election 1
निर्वाचनमा मतदान गर्दै मतदाता ।
president election 2
निर्वाचनमा मतदान गर्दै मतदाता ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७