राष्ट्रपति निर्वाचनमा जे देखियो (फोटोफिचर)
काठमाडौं, २९ फागुन । नेपालको तेस्रो राष्ट्रपतिका लागि मतदान संघीय सांसद भवन बानेश्वरमा भइरहेको छ । संघीय सांसदले भने पहिलो पल्ट राष्ट्रपति चुन्दैछ । नेपालको संविधान जारी भएर पहिलो पल्ट संघीय संरचना अनुसारको प्रदेश सांसद र संघीय सांसद सदस्यहरुले मतदान गरिरहेका छन् ।
निर्वाचन आयोगको प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता हुन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ । ८८० जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ। राष्ट्रपतिमा बहुमतसहित निर्वा्िचत हुन २६ हजार २ सय ५१ मतभार आवश्यक पर्छ ।
राष्ट्रपतिका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसबाट उम्मेदवारी दिएकी कुमारी लक्ष्मी राईबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । बिहान १० बजेबाट संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको निर्वाचन दिउँसो ३ बजे सकिन्नेछ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचनमा मतदान गर्दै ।
निर्वाचनमा मतदान गर्दै नेपाली काँग्रसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा ।