पृथुलाको पहिलो नेपाल फ्लाइट नै बन्यो अन्तिम


२९ फाल्गुन २०७४, मंगलवार
Prithula Rasid1

काठमाडौं, २९ फागुन : युएस बंगला एयरलाइन्सकी युवा को–पाइलट पृथुला रसिदको नेपाल आउने चाहना पूरानो थियो । चाहेर पनि नेपाल आउन नपाइरहेकी उनलाई सोमबार हिमालको देश नेपाल आउने संयोग जुर्‍यो ।Prithula Rasid1

‘आकाश जीन्दगी’ मा सोमबार उनीमा छुट्टै उत्सुकता र फूर्तिपना थियो । किनकी यो नै पृथुलाको पहिलो नेपाल उडान थियो । सोमबार पहिलोपल्ट कोपाइलट बनेर नेपाली आकाश आएकी पृथुला रसिदको दुर्भाग्य जमिनमा नेपाली जमिनमा खुट्टा राख्ने अवसर नै मिलेन । नेपाल उडान गर्दै नेपाली जमिनमा पाइला राख्ने पृथुलाको वर्षौको सपना एक्कासी दुर्घटनामा परेको विमानको धुँवाको मुस्लोसँगै मिसिएर विलिन भयो । पृथुलामा देखिएको एक घण्टाअघिको उत्साह एक अकल्पनीय विपत बनेर पृथुलासँगै खरानीको रासमा विलय भयो । उनले उडाएको युएस बंगला विमान काठमाडौँको धावनमार्गमा यसरी बजारियो कि पृथुला यो विपतबाट बच्नै सकिनन् ।

बंगलादेशको द डेलीस्टार अनलाइनका अनुसार, पृथुलाले सन् २०१६ को जुलाईमा युएस बंगलामा उडान करिअर थालेकी थिइन् । बंगलादेशको नर्थ साउथ युनिभर्सिटीबाट उडान सम्बन्धी पढाई सकेपछि उनले फस्ट अफिसरका रुपमा युएस बंगला एयरलाइन्समा जागिर शुरु गरेकी थिइन् । उनले यो बीचमा बंगलादेशको आकाशमा डेढ बर्ष बिताइन् । एशिया र अमेरिकाका आकाशमा पनि कोपाइलट भएर जहाज उडाइन् । तर, पहिलो नेपाल हेर्ने चहना नै उनका लागि अन्तिम बन्यो ।Prithula Rasid

सोमबार पहिलो पटक नेपालमा उडान भरेकी उनले काठमाडौ टेक्न नपाउँदै कहिले नफर्किने गरी संसारबाटै विदा भइन् । घाइते अबस्थामा उद्दार गरिएकी उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा प्राण उड्यो । उनीसँगै पाइलट अबिद सुल्तानले पनि संसार छाडे । उनी नेपाल उडानमा अनुभवी पाइलट मानिन्थे । बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजको ७८ सिटे जहाजमा क्याप्टेन सुत्तान र कोपाइलट पृथुलासहित चालक दलका चार जना सदस्य थिए । उनीहरुको पनि ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । २२ जना घाइते छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणले चालक दलले विमानस्थलको आग्रह उल्लंघन गर्दा दुर्घटना दुःखद निम्तिएको बताएको छ । तर, जे भए पनि नेपाली आकाश यसरी दिनदिै असुरक्षित हुँदै जानु सबैका लागि चिन्ताको विषय भने पक्कै हो । यस घटनाको छानविन गरी आउँदा दिनमा यस्ता विपति आउन नदिन सबै निकाय लाग्न जरुरी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७