विमान दुर्घटना : शव पहिचान नहुँदा पीडामाथि पीडा


२९ फाल्गुन २०७४, मंगलवार
1520936353sab final final 1

काठमाडौं, २९ फागुन : ५१ जनाको ज्यान जाने गरी सोमबार दिउँसो भएको युएस बंगला विमान दुर्घटनाले ज्यान गुमाएका र घाइतेका परिवारलाई मर्माहत बनाएको छ । देश–विदेशका मानिसको मन खिन्न बनाएको यस कहालीलाग्दो दुर्घटनापछिका अन्य दर्दनाक पीडा कम छैनन् ।1520936353sab final final 1

अहिले आफ्ना छोराछोरी र अभिभावक गुमाएका परिवारजनलाई अर्को पीडा पनि थपिएको छ । उसै त आफन्त गुमाउनु त्यसमाथि दिवंगत आफन्तको शव पहिचान हुन नसक्दा परिवारजनमा पीडामाथि पीडा थपिएको छ । दुर्घटनामा मृतकको सूचीमा रहेकी पाटन निवासी आश्ना शाक्यका भाइ उत्सव दिदीको शव खोज्दै मंगलबार विभिन्न अस्पतालमा चहारिरहेका थिए । गहिरो शोकमा यताउता गरिरहेका उनी कुन कसको शव हो भनेर नछुटिंदा समस्या भइरहेको बताइरहेका थिए ।

बंगलादेशमा एमबीबीएस अन्तिम वर्षमा पढिरहेकी २५ वर्षीय आश्ना साथीहरुसँग घर फर्कंदै थिइन् । आश्नाको शवको पहिचान हुन नसक्दा उनका आफन्तलाई पीडामाथि पीडा थपिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगलाको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव पहिचान हुन नसक्दा आफन्तजन निकै निरास बनेका छन् । मृतकको सूचीमा नाम रहेको तर शव कुन हो भनेर पहिचान हुन नसक्दा आफन्तहरुको छटपटी बढ्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७