‘बेबी बम्प’ देखाउँदा बलात्कारको धम्की !


२९ फाल्गुन २०७४, मंगलवार
Baby

काठमाडौं, २९ फागुन : अचेल बेबी बम्प देखाउने फेसन नै चलेको छ । त्यसमा पनि बलिउडका हिरोइनले आफू गर्भवती रहेको कुरा पोजपोजका फोटा सार्वजनिक गरेर देखाउने गरेका छन् । Baby

यो मामलामा पछिल्लो समय सेलिना जेट्ली चर्चामा छिन् । तर, त्यही चर्चा उनलाई अहिले घाँडो भएको छ । फेरि जुम्ल्याहा बच्चा जन्माउने तयारीमा रहेकी सेलिनाले केही समयअघि बिकनी पहिरिएर बेबी बम्प देखाएकी थिइन् । त्यसको केही समयपछि उनले बाथ टबमा नग्नतायुक्त आफ्नो फोटो पोस्ट गरिन् । त्यसमा उनको भुँडी राम्रैसँग देखिएको थियो । त्यो फोटोमा हजारौंले कमेन्ट गरे । कतिपयले राम्रै कमेन्ट गरे पनि धेरैजसोले भने खराब टिप्पणी गरेको सेलिनाले बताएकी छिन् ।

‘मलाई कतिपयले बलात्कार गर्ने धम्की पनि दिएका छन्,’ सेलिनाले भनेकी छिन्, ‘त्यो फोटो मेरा पति पिटर हगले खिचेका हुन् । कतिले त्यो फोटोको प्रतिक्रियामा माया दर्शाएका छन् भने कतिपय महिलाले समेत मेरो विरोध गरेका छन् । त्यसमा मलाई दुःख लागेको छ ।’ उनलाई कतिपयले निकै अश्लील कमेन्ट पनि गरेका छन् । त्यसमा पनि उनले चित्त दुखाएकी छिन् । भारतीय मिडियाले भने सेलिनाले बारम्बार बेबी बम्प प्रदर्शन गर्नुलाई उति साह«ो राम्रो भने मानेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७