सांसद पुनको खुलासा : सरकारी गाडीमा प्रेमिका सरर


३० फाल्गुन २०७४, बुधबार
sarkari car

रोल्पा, ३० फागुन । सरकारी गाडिको दुरुपयोग गरि रोल्पामा कतिपयले प्रेमिका घुमाएको खुलासा गरेको छन् । रोल्पा नगरपालिकाको हिउँदे अधिवेशनका प्रदेश नं ५ का सांसद दीपेन्द्र कुमार पुनले यस्तो खुलासा गरेका छन् । sarkari car

उनले अधिवेशनमा सरकारी गाडिको प्रयोग दुरुपयोग भइरहेको बताउँदे ध्यानकार्षण समेत गरेका थिए । उनले भने, ‘रोल्पामा सरकारी गाडीको दुरुपयोग अत्यधिक भइरहेको छ । कतिपयले त सरकारी गाडी आफ्ना प्रेमिका घुमाउन प्रयोग गरेको पनि सुनेको छु, यस्तो बेथिति नियन्त्रणमा सम्बन्धित निकायको ध्यान जाओस् ।’

उनले ‘कसले प्रेमिका घुमाएको भन्ने कुरा भने स्पष्ट खुलाएन् । तर उनको यो अभिव्यक्तिसँगै जिल्लामा भने कुन कार्यालयको को–को कर्मचारी वा जनप्रतिनिधिले प्रेमिका घुमाए भन्ने व्यापक चर्चा चलेको छ ।

सांसद पुनले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सरकारी गाडी दुरुपयोग रोक्न कडाइ गर्नुपर्ने बताए । उनले जिल्लाभरका सरकारी गाडी दुरुपयोग भइरहेको गुनासो जनताले आफुलाई गुनासो गरेको बताएका छन् ।

जिल्लाका एक नगरपालिका र नौ स्थानीय तहमा पनि सरकारी मोटरसाइकल जथाभाबी चलाउने गरिएको बताए । साबिकका गाविसमा खरिद गरिएका मोटरसाइकल स्थानीय तहका वडा कार्यालयमा छन् । ती प्रायः सचिवको जिम्मा छन् । जिल्लाका सबैजसो स्थानीय तहका जनप्रतिनिधिले थप मोटरसाइकल खरिद गरेका छन् ।

जनप्रतिनिधिले आफूले चलाउन नसकेर मोटरसाइकल चालक समेत तलबमा राखेका छन् । गाउँमा सरकारी मोटरसाइकलमा बिना हेल्मेट तीन जनासम्म चढेर गुडाउँदै गरेको दृश्य दैनिक देखिने गरेको गाउँलेकोे गुनासो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७