२६ वर्षे युवती भन्छिन्, ‘यसरी म समलिङ्गी बनें’


३० फाल्गुन २०७४, बुधबार
girl
OLYMPUS DIGITAL CAMERA

काठमाडौं, ३० फागुन : मेरो नजर टेवलमाथि राखेको तिम्रो फोटोमाथि परेपछि मलाइ प्यार हुन्छ, तिम्रो तस्वीर हेरेर म आफैंमा हराउन थाल्छु । मलाइ आफ्ने जीवन यसैगरी तिम्रो प्यारमा बिताउन मन छ। जाहिराको नामबाट लेखिएको यो मेरो अन्तिम पत्र थियो । म उनीसँग मेडिलक कजेलमा मिलेकी थिएँ र, हामी दुवै जना साथी बन्यौं । समयक्रमसँगै यो मित्रता कहिले प्यारमा परिवर्तन भयो थाहा नै भएन ।

girl
सांकेतिक तस्विर

मैले उनलाई भनेकी थिएँ, कि मलाई केटा होइन केटी मन पर्छ । उनले मेरो कुरालाई सामान्य रुपमा लिइन् र हामी राम्रो साथी बनिरह्यौ ं। एक दिन मलै एक दिन जाहिराको केटा साथीलाई भेटें । अनि म होस्टलमा आएर धेरै बेरसम्म रोएँ । यस्तो पनि होइन, कि मैले कुनै केटा साथीसँग डेट गर्ने कोशिश नगरेको होस् । एक जना केटासँग मेरो सम्बन्ध पनि थियो । त्यतिबेला मलाई के लाग्यो भने म कुनै पुरुषसँग भावनात्मक र शारीरिक सम्बधमा जोडिन सक्दिनँ ।

यो कुरा मेरी आमालाई पनि थाहा थियो । एक दिन आमाले मेरो विवाहको कुरा गर्न थाल्नु भयो । मैले आमाको खुशीका लागि विवाह गर्ने मन पनि बनाएकी थिएँ । फेरि मलाइ के लाग्यो भने आफैंसँग गलत गर्दैछु । र, मैले आमालाई भने, म कुनै पनि केटासँग विवाह गर्न सक्दिनँ ।’ आज म २६ वर्षकी भएँ । मेरो आकर्षण केटासँग होस् भनेर आमा नयाँ नयाँ तरिका खोज्नुहुन्छ । बुवालाई अहिलेसम्म मेरो सेक्सुअल ओरिएन्टेसनका बारेमा थाहा छैन । आगामी दिनमा पनि मेरा आमा बुवाले मलाई विवाह गर्न दवाब दिनुहुन्छ । तर, मैले फैसला गरेकी छु, मलाई मेरो सेक्सुएलिटीमाथि गर्व छ । बीबीसी हिन्दीको स्तम्भ हर च्वाइसबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७