साम्राज्ञीको अफेयर टुरिष्ट गाइडसँग !


३० फाल्गुन २०७४, बुधबार
Samragyee Rajya Laxmi Shah

काठमाडौं, ३० फागुन : चलचित्रका कलाकारहरुको अपेयर कसको कोसँग भन्ने कुराले सिने जगतमा निकै चर्चा पाउने गरेको छ । कसैले खुलेर आफ्नो अफेयर खुलाउँछन् भने कतिले गोप्य नै राख्ने कोशिस गर्छन् । अहिलेकी चर्चित नायिका साम्राज्ञीको अपेयर चाहीं कोसँग होला ?Samragyee Rajya Laxmi Shah

उनका दर्शक तथा शुभचिन्तकको मनमा जिज्ञासा रहँदै आएको छ । तर, यो जिज्ञासा पनि अब जिज्ञासा रहेन । नायिका साम्राज्ञी एक टुरिष्ट गाइडको अफेयरमा रहेको खुल्न आएको छ । तर, यो यथार्थमा नभई चलचित्र ‘तिमीसँग’ को कथाबस्तुमा मात्र हो । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘तिमी सँग’ २३ चैत्रबाट प्रदर्शनमा आउने चलचित्र हो । चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा अहिले ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको प्रचार–प्रसारलाई बल पुर्‍याउन ट्रेलर रिलिज गरिएको हो ।sam 1

नमन प्रोड्क्सनका लागि शिशिर राणाको लेखन, निर्माण, निर्देशन रहेको चलचित्रमा साम्राज्ञीको अलवा आकाश श्रेष्ठ, नाजिर हुसेनको समेत मुख्य भुमिकामा अभिनय रहेको छ । काठमाडौं, पोखरा, घोरेपानी, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपूर्ण बेसक्याम्प, नवलपरासी लगायतमा छायाँकन गरिएको चलचित्रलाई सुशील क्षेत्रीले खिचेका हुन् ।
टुरिष्ट गाइडको प्रेमकथा बाल्ने चलचित्रबाट साम्राज्ञी पनि निकै आशावादी छिन् । चलचित्रमा साम्राज्ञीले टुरिष्ट गाइडको प्रेमिकाको भूमिका निर्वाह गरेको निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७