आर्थिक चलखेलमा गुणस्तरहीन सामान खरिद गर्दै प्रहरी


१ चैत्र २०७४, बिहीबार
police 1

काठमाडौं, १ चैत । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी मुख्यालयको निरीक्षणका क्रममा भ्रष्टाचार गर्ने जोकसैमाथि कारबाही गर्ने घोषणा गरेको १५ दिन नबित्दै आफैंले गुणस्तरहीन भनेर रिजेक्ट गरेका सामान खरिद गरेको छ ।
नेपाल प्रहरीले एक बर्षअघि गुणस्तरहीन भनेर फर्काएका सामानहरु एक बर्षपछि अहिले धमाधम भण्डार शाखाले बुझिरहेको छ ।

police 1

अब २६ दिनमात्र कार्यकाल बाँकी रहेका आइजीपी प्रकाश अर्यालले जाँदाजाँदै आर्थिक चलखेलमा १ बर्षपहिले गुणस्तरहीन भनेर खरिद नगरी फर्काइएका सामानहरु खरिद गर्न लागेको प्रहरी स्रोतले बताएको छ ।
गुणस्तरहीन भनेर एक बर्षअघि फर्काइएका ज्याकेट, अन्डरभेष्ट ट्राउजर, ऊलन सर्ट र स्वेटर अहिले धमाधम प्रहरी प्रधान कार्यालयको भण्डारका डीएसपी नवराज मल्लले ठेकेदारहरुबाट बुझिरहेका छन् । तत्कालीन आर्थिक प्रशासन महाशाखाका प्रमुख उत्तम कार्की९हाल अख्तियारका डीआइजी० ले गुणस्तरहीन भनेर रिजेक्ट गरेका ऊलन सर्ट र स्वेटर पनि प्रहरीको भण्डार शाखाले बुझिरहेको छ । आइजीपी अर्यालको निर्देशमा आर्थिक प्रशासन महाशाखाका एसएसपी कमल जीटी र भण्डारका डीएसपी मल्लले गुणस्तरहीन सामान बुझेको प्रहरी स्रोतले बताएको छ ।
ठेकेदारहरुसँग डिलिङ मिलेपछि गुणस्तरहीन भनेर फर्काइएका सामान पुनः गुणस्तरीय भनेर खरिद गरी भुक्तानी दिने तयारी छ । बिदा कटाउँदा २२ कार्यदिन बाँकी भएका आइजीपी अर्याल जाँदाजाँदै घुस लिएर गुणस्तरहीन सामान लिन लागेको स्रोतले बताएको छ । आइजीपी अर्यालसहित १५ आइजीपी, २ डीआइजी लगायतका २८ जना यही चैत २८ गते अवकाश हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७