कुम्भ मेलाले बढाएको चतराधामको महत्व


१ चैत्र २०७४, बिहीबार
chatara 2

-संगम बिष्ट
चतरा(सुनसरी), १ चैत्र ।
  ५० को दशकमा चतरा स्थित अहिलेको कुम्भक्षेत्र चतराधाम आर्यघाट थियो । यस क्षेत्रलाई प्रायः सबैले दुर्वासा घाट भनेर चिन्थे भने कसैले १ नम्बर भनेर । मानिसको वस्ती नभएको खयर र बाक्लो खयर उम्रिएको हुँदा दिउँसै तर्साउँछ भनि कोहि पनि एक्लै ओहोर–दोहोर गर्ने चेष्टा गर्दैनथे। माओवादी आन्दोलनको जगजगीको समयमा कोशीको किनारमा रहेको उक्त क्षेत्रमा राती तर्साउने डर हुन्थ्यो भने दिउँसो बन्दुक तेर्साउनेको डर हुन्थ्यो ।chatara 2

जब २०५३ र ५४ सालतिर भर्खर भर्खर जुँगाका रेखी बसेका बालसन्त आउनु, कोशीका सेता बालुवा उड्ने उराठलाग्दो तत्कालिन दुर्बसा घाट हालको कुम्भनगरीमा त्यति बेलाका युवा बालसन्तले चतराका बारेमा खोज अनुसन्धा गरि उक्त क्षेत्रमा नेपालमै प्रथम कुम्भ मेला लगाउने चेष्टा गर्नुले चतरा प्राचिन हरिद्धार बन्न पुग्यो ।

शास्त्रहरुमा उल्लेखित समुन्द्र मन्थन र त्यसबाट उत्पन्न अमृत को प्रसङ्गसंग जोडिएको विश्वकै सबैभन्दा ठूलो मानवसागर उपस्थित रहने कुम्भमेला जुन भारतको ४ स्थानमा मात्र लाग्ने गरेको थियो । तर २०५४ सालदेखि २०५८ साल सम्म जगद्गुरु महाराजश्रीद्वारा भएको अथक खोज र अनुसन्धान बाट प्राप्त शास्त्रीय प्रमाणको आधारमा २०५९ साल बैशाख १ गतेदेखि सुरुभई १ महिनासम्म चतराधाममा सम्पन्न भइ विश्वकै पाँचौ र नेपालको प्रथम कुम्भमेलाको रुपमा स्थपित भैसकेको छ ।

पहिलो कुम्भ मेला सुरुगरि सम्पन गर्न त्यति बेला जगत गरु बालसन्त मोहन शरणदेवाचार्यलाई वराहक्षेत्रका राजनैतिक दलहरु, उद्योगी व्यसायीहरुको भूमिका प्रशंसा गर्न योग्य नै थियो । त्यसपछि क्रमशः २०६३ र ६४ मा अर्धकुम्भ मेला हुँदै प्रथम कुम्भ मेलाको ठिक १२ बर्षपछि २०७० चैत्र १९ देखि एक महिनासम्म नेपाल सरकारकै योजना सहितको सकृय सहभागीतामा दोस्रो १२ बर्षे पूर्ण कुम्भ मेला समेत सम्पन्न भैइसकेको र आगामी २०७५ चैत्रबाट दोश्रो अर्धकुम्भ मेला समेत आयोजना हुँदै छ ।chatara 1

वर्तमान परिवेशमा ब्यक्तिगत स्वार्थले गर्दा समाजमा रोपिएको जातीय र क्षेत्रीय संक्रिणताले नेपालीहरुमा हुनुपर्ने प्रबल राष्ट्रियता बिखण्डित हुँदै गैरहेको अवस्थामा धार्मिक क्षेत्रबाट समाजको विकाससँगै मानिसको चेतनाको विकास र राष्ट्रियताको जागरण हुन्छ भने कुराको प्रष्ट उदाहरण सुनसरी चतराधाम कुम्भ नगरी बनेको छ । गरे के हँुदैन चाहना मात्र राख्नु पर्छ चाहना छ भने बाहानाले केही हँुदैन भन्ने उदाहरण २ वटा महाकुम्भ र एउटा अर्ध–कुम्भ मेला बनेका छन् ।

चतरामा कुम्भ मेलाको सफल आयोजनाले देश बिदेशमा रहेको हिन्दुहरुको मात्र नभई सारा जगत कै ध्यान चतराधाममा लागेको कुम्भ मेलाले खिचेको छ । ५० को दशकमा चरो मुसो नआउने चतराधाम क्षेत्रमा अहिले संसार कै बिद्वान बिदुर्षि , राजनेता, कलाकारहरुको आगमनले चतराकोरुप रङ्ग फेरिदिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७