सप्तकोशी नदीमा जोखिमपुर्ण ढुङ्गा यात्रा


१ चैत्र २०७४, बिहीबार
Koshi river voting 1

चतरा(सुनसरी), १ चैत्र । बराहक्षेत्र नगरपालिकाको कोसी नदीमा रहेको ढुङ्गा यात्रा असुरक्षाका कारण जोखिम पूर्ण यात्रा बन्दै गएको छ । देशकै ठुलो नदीको रूपमा रहेको सप्तकोशी नदीमा बराहक्षेत्र नगरपालिकाको सिसौलिमा रहेको सिसौलि घाटमा ढुङ्गा चालकहरूले नत लाइला ज्याकेट लाउछन नत यात्रुहरूलाई लगाउन दिइन्छ ।Koshi river voting 1

उक्त घाटको प्रयोग गरेर बराहक्षेत्र नगरपालिका ६ का स्थानियबासिहरु नगरपालिकाको केन्द चक्रघट्टि दैनिक उपभोगिय बस्तुहर बिक्री वितरण गर्ने ओहोर दोहोर गर्ने गर्दछन् । कोसी पुलमा नयाँ पक्की पुल त छ तर छिटो र चाँडो आफ्नो यात्रा गर्ने सकिन्छ भनी बराहक्षेत्र नगरपालिका स्थानियवासी उदयपुरको रामपुर, भागलपुर र सप्तरी तिर जान कोसीमा रहेको ढुङ्गामा सेयर गरी आफ्नो यात्रालाई पूर्णता दिन्छन भने उदयपुरको बेलका नगरपालिका स्थानीयहरू बराहक्षेत्र नगरपालिका ६ र ९ का स्थानीयहरू ढुङ्गामा यात्रा गरी आफ्नो यात्रालाई पूर्णता दिन्छन।

बराहक्षेत्र नगरपालिकाले लाख रकममा आर्थिक वर्ष सुरु हुन साथ ठेकेदारहरुलाई ढाके दिने गर्दछ। ढुङ्गामा जल यात्रा गर्दा यात्रुहरू लगायत ढुङ्गा चालकहरूले आ-आफ्नो सुरक्षाका लागि प्रत्येकले लाईफ ज्याकेट लगाउनु पर्ने भए पनि तर कोसीमा ढुङ्गा चलाउनेले आफू सुरक्षित हुन लाईफ ज्याकेट लगाउछन नत यात्रुहरूलाई नै दिन्छन ।

ढुङ्गा चलाउने ढुङ्गा चलाउनेलाई किन लाईफ ज्याकेट नलगाउनु भएको भनेर सोध्दा ठेकेदारले नै नदिएको भनेर पछिए। अर्का ढुङ्गा चालकलाई सोध्दा के लगाउन लगाउन झ्याउ लाग्छ पछि बर्षायाम पो लगाउने भन्दै चिढिएको जबाफ दिए।Koshi river voting 2

नेपालकै सबै भन्दा ठुलो नदी आफैमा ढुङ्गा भनेको जोखिम पूर्ण यात्रा हो। कोसीमा ढुङ्गा पल्टेर धेरै मान्छेलाई बगाएको तितो यतार्थ छ। प्राय कोसी घाटमा पुराना ढुङ्गानेै सञ्चालनमा दैनिक रूपमा बुधवार र शनिवार चक्रघट्टि बाङ्गाको बजारको दिन बाहेक २ सयको हारहारिमा यात्रा गर्ने उक्त सिसौले घाटमा बजारको दिन ३ सय जनाले ढुङ्गामा यात्रा गर्दै आएका छन् । पुराना ढुङ्गामा सिसौले घाटमा स्थानियबासिहरु जोखिमा बाधयता पूर्ण यात्रा गर्दै आएको स्थानियबासिहरुले दुखेसो समेत पोखेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७