आमा बन्न लागेकी नायिका निशा ‘हिप ओपनिङ’ योगाभ्यासमा


१ चैत्र २०७४, बिहीबार
Nisha Adhikary

काठमाडौं, १ चैत : क्रिकेटर शरद भेष्वाकरसँग विवाह गरेकी अभिनेत्री निशा अधिकारी आमा बन्ने संघारमा छन् ।
एउटा स्वस्थ बच्चा जन्म दिने तयारीमा रहेकी निशाले समय–समयमा सामाजिक सञ्जालमार्फत आफ्नो अवस्था जानकारी गराउँदै आएकी छन् । उनले २९ औं हप्ता ६ दिनको गर्भ रहेको पनि सार्वजनिक सञ्जालबाट जानकारी गराएकी छिन् ।Nisha Adhikary

पछिल्लो पटक उनले गर्भवती महिलाले गर्ने योगासनका सन्दर्भको तस्बिर र सन्देश पोष्ट गरेकी छन् । उनले ‘हिप ओपनिङ’ आसन गरिरहेको तस्विर पोष्ट गर्दै लेखेकी छन्, ‘यो आसन गर्भवती भएका बेला निकै फाइदाजनक हुन्छ । यसले बच्चा जन्माउनका लागि राम्रो भन्दा राम्रो अवस्था बनाउँछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७