नायिका अश्लेषाकाे ‘तिघ्रा’ ले सामाजिक सञ्जाल तताउँदै !


१ चैत्र २०७४, बिहीबार
heroin

काठमाडौं, १ चैत : चलचित्रका नायिकाहरुको सञ्चार र सामाजिक सञ्जालमा चर्चा हुनु स्वभाविक हो । अहिले प्रेमगीत–२ की नायिका अश्लेषा ठकुरी सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् । तर, अहिले अश्लेषाको चलचित्रको नभई उनको तिघ्राको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । heroin

केही साताअघि मात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले स्तनमुनि ट्याटु खोपाएको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो भने उनको चर्चा ह्वात्तै बढ्यो । साम्राज्ञी मात्र नभएर नेपाली चलचित्रमा काम गर्ने अन्य नायिकाहरुले पनि आफ्ना विभिन्न भागहरुमा ट्याटु खोपाउँदै आएका छन् । यस्तैमध्येकी एक हुन् नायिका अश्लेषा ठकुरी । चलचित्र प्रेमगीत–२ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका अश्लेषाले पनि आफनो दाहिने खुट्टाको तिघ्रामा फूलका निकै आकर्षक ट्याटु खोपेकी छिन् । चलचित्र प्रेमगीतपछि कुनै पनि चलचित्रमा नदेखिएकी उनी अहिले काठमाडौंमा नै छिन् । चर्चित नेपाली चलचित्र प्रेमगीत–२ मा उनले अभिनेता प्रदीप खड्कासँग स्क्रिन शेयर गरेकी छिन् भने यी दुईका जोडी दर्शकले निकै रुचाएका थिए ।

प्रदिप खड्का अभिनित चलचित्र प्रेमगीत–२ बाट नै उनी एकाएक चर्चाको शिखरमा पुगेकी थिइन् । उनले केही समयअघि आफ्नो फेसबुकमा केही तस्विरहरु सार्वजनिक गरेकी थिइन् । ती तस्वीरहरु उनले सिड्नीमा हुँदा खिचेकी थिइन् । फेसबुकमा शेयर गरेका तस्बिरहरूमा उनको दायाँ तिघ्रा भरिने गरी खोपेको फूलको बुट्टा देखिन सकिन्छ जुन अहिले निकै चर्चाको विषय बनेको छ ।

गत अगस्टमा रिलिज भएको, प्रेमगीत–२ नेपालको सबैभन्दा बढी कमाउने र चर्चित चलचित्रमध्ये एक हो । रामशरण पाठक द्वारा निर्देशित, यो चलचित्र आशुसेन फिल्मसको ब्यानरमा निर्माण गरिएको हो । निर्माता सन्तोष सेन निर्मित, प्रेमगीत–२ मा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा छन् । खड्का र ठकुरी बाहेक, चलचित्रमा अरु कलाकार मध्य अभिनेता कैलाश कटुवाल, कविता रेग्मी र सन्तोष सेन छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७