डीआइजी एआइजी बनाउने गुण्डानाइके लामा कसरी पक्राउ परे ?


२ चैत्र २०७४, शुक्रबार
shailendra khanal copy

काठमाडौं, २ चैतः कांग्रेसबाट गएको प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनी पराजीत गुण्डानाइके गणेश लामा बुधबार साँझ गौशालास्थित होटल पशुपति भिजनबाट पेस्तोलसहित पक्राउ परेका छन् ।

shailendra khanal copy
एअाइजी शैलेन्द्र खनाल र गुण्डा नाइके गणेश लामा ।

लामालाई पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । कुनैबेला नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा उच्चअधिकारीको बढुवा नै गर्ने हैसियत बनाएका लामा हतियारसहित पक्राउ परेका छन् । २०६८ मा विजय गच्छदार गृहमन्त्री हुँदा उनले सशस्त्र प्रहरी बलको डीआइजी बढुवामा आफ्ना हितैषी शैलेन्द्र खनाललाई ३ नम्बरमा उकाल्न सफल भएका थिए ।
एसएसपी हुँदासम्म आफ्नो समूहमा तल रहेका उनलाई एकैपटक तेस्रो नम्बरमा ल्याइएको थियो । तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको नेता भएका लामामार्फत् नै खनाल गच्छदारकोमा पुगेका थिए । त्यतिबेला खनाल र गणेश लामा दिनहुँ दरबारमार्गका रेष्टुरेन्टहरुमा खानपिन गरिरहेको अवस्थामा भेटिन्थे । गणेश लामाको जोडबलमा तेस्रो नम्बरमा डीआइजी बढुवा हुन सफल खनाल २०७३ असार २ मा २ नम्बरका डीआइजी उत्तम खड्कालाई रोक्दै एआइजीमा बढुवा भएका थिए । २०७३ असार २ मा एआइजी बढुवा गर्दा जीतबहादुर पुनलाई एक नम्बरमा गरिएको थियो । २ जनामात्र एआइजीको दरबन्दीमा आइजीपी सिंहबहादुर श्रेष्ठको समूहसँगै अवकाश हुने पुनलाई बढुवा गर्न सके आइजीपीको एक्लो दाबेदार हुने षडयन्त्रमूलक काम खनाललले नै गरेका थिए ।
दोस्रो नम्बरका एआइजी उत्तम खड्कालाई एआइजी बढुवा नगरी एकैपटक ३ नम्बरका खनाललाई क्रेनले तानेर एआइजी बढुवा गरिएको भन्दै मुद्दा समेत परेको थियो । तर अदालतसमेत सेटिङ गरी खनालले बढुवा सदर गराएका थिए । पुन अवकाश भएपछि कोही पनि दाबेदार नभएकाले आफू एक्लो उम्मेदवार भन्दै हिंडेका थिए । एकै दिन सेवा प्रवेश गरेका उनका प्रतिस्पर्धीहरुलाई उनी अनेक लान्छना लगाउँदै पत्रपत्रिका र अनलाइनहरुमा लेखाउन पनि तल्लीन भएर लागेका छन् । सरकारले एकैदिन सेवा प्रवेश गरेर एसएसपीसम्मको अभिलेख हेरेपछि संगठनको पक्षमा काम गर्नेहरुमध्येबाट आइजीपी बनाउन सक्ने संभावना बढेपछि उनी विभिन्न शक्तिकेन्द्र धाउनेदेखि आर्थिक स्रोत नै परिचालन गरी नेताहरुलाई प्रलोभनमा पार्ने खेलमा लागेका छन् । उनी हरेक दिन माओवादी केन्द्रका नेताहरुकोमा लबिइङमा छन् । र, आफ्ना प्रतिस्पर्धीहरुका विरुद्ध मिडियामा पनि भए नभएका समाचार प्रवाह गराउने मिसनमा लागेका छन् ।
११ महिना अघि तिकडम गरेर दोस्रो नम्बरका डीआइजीलाई छिर्के हान्दै एआइजी बढुवा भए पनि आइजीपी नहुने चिन्तामा उनी वाम गठबन्धनका नेताहरुको घर घरमा धाउँदैआएका छन् ।
त्यस्तै सशस्त्र प्रहरी बलले ४ बर्षअघि एपीसी खरिद गर्ने टेण्डर गरेर ठेक्का दिइसकेपछि रद्द गरेको बिषयमा अदालतले दिएको आदेशविरुद्ध माइन्यूट गरेको बिषयमा पनि उनी विवादमा परेका छन् । टेण्डर गरेर ठेक्का स्वीकृत गरिसकेपछि एपीसी खरिद नगरेपछि अदालतमा मुद्दा परेको थियो । पुनरावेदन अदालत(हाल उच्च अदालत)ले एपीसी खरिद गर्न दिएको आदेश अवज्ञा गर्दै खनालले नै नेपाली सेनासँग एपीसी खरिद गर्न लागेका छन् । खनालकै कारण झन्डै मिसन गुम्ने भएपछि महंगै दरमा भए पनि सशस्त्रका आइजीपी सिंहबहादुर श्रेष्ठले सेनासँग एपीसी खरिद गरेका हुन् ।
अदालतविरुद्ध माइन्युट भएपछि कल्याणकारी सेवा केन्द्रका अध्यक्षसमेत रहेका प्रशासन विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) प्रेमकुमार शाही र शान्ति मिसन हेर्ने मानवस्रोत विकास विभाग प्रमुख एआइजीपी शैलेन्द्र खनालसहित चार जनालाई अदालतले मानहानीमा पत्र काटेको थियो । अदालतको मानहानी फौजदारी अपराधमा पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७